२३ श्रावण २०७९, सोमवार

आयरल्यान्डमाथि भारतको ‘क्लिन स्वीप’

२०७९,असार,१५,बुधबार ११:१२

0
Shares

काठमाडौं । हार्दिक पान्ड्याको कप्तानीमा रहेको भारतले दोस्रो तथा अन्तिम टी २० खेलमा आयरल्यान्डलाई चार रनले पराजित गर्दै शृंखला ‘क्लिन स्वीप’ गरेको छ ।

पहिलो खेल भारतले सात विकेटले जितेको थियो । २२६ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२१ रनमा समेटियो ।

कप्तान एन्ड्री बलबर्नीले ६० रन जोडे । पउल स्टर्लिङले ४० रन बनाए । ह्यारी टेक्टरले ३९ रनको योगदान गरे । भारतका भुवनेश्वर कुमार, हर्षल पटेल, रवि विश्रोई र उमरान मकिलले समान १ विकेट लिए ।

यसअघि डल्बिनमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २५ रनको योगफल तयार पार्‍यो ।

भारतका दीपक हुडाले आक्रामक ब्याटिङ गर्दै ५७ बलमा १०४ रन बनाए । यस्तै, सञ्जु स्यामसनले ७७ रन जोडे । घरेलु टोली आयरल्यान्डका मार्क आदिरले सर्वाधिक ३ विकेट लिए ।

प्रकाशित मिति: २०७९,असार,१५,बुधबार ११:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. आगामी निर्वाचनामा चुनावी तालमेलको खाका बनाउन गठित कार्यदलको पहिलो बैठकले तोक्यो संयोजक, कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला

काठमाडौं । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिकाका मेयर धनराज

काठमाडौं । राष्ट्रियसभा सांसद दुर्गाकुमारी गुरुङले खेलाडीहरुलाई पनि पेन्सनको व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन् । आज (साेमबार) बसेको राष्ट्रियसभा

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघले मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय

ताजा समाचार