यसकारण यो दशैँमा पनि नआउने भयो मेलम्ची

काठमाडौँ – यसपालीको दशैंमा मेलम्चीको पानी पिउने काठमाडौँबासीको सपना अहिले पनि हावाले उडाएर लाने भएको छ । खानेपानी मन्त्रीदेखि सरोकारवाला सचिवसम्मले दशैँमै पानी आउँछ भनेर पटक पटक भनिरहे पनि अझै थुप्रै काम बाँकी रहेकाले यो चाहना पूरा नहुने मजदूरहरूले बताएका छन् । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।

सुरुङ गत चैतमै छिचोलिए पनि त्यहाँ फिनिसिङको काम बाँकी नै छ । सुरुङमा अहिले ढलानको काम भैरहेको छ । २७ किम सुरुङमध्ये अहिलेसम्म १० किमि मात्रै ढलान भएको छ । अहिले दैनिक ५०÷६० मिटरको दरले सुरुङ ढलान भइरहेको छ ।

यही गतिमा सुरुङ ढलान हुँदा पनि सबै काम सकिन अझै साँढे पाँच महिना लाग्ने प्राविधिकहरूको भनाइ छ । एकजना प्राविधिक भन्छन्–‘यो दशैंमै मेलम्चीको पानी सुन्दरीजलसम्म ल्याउन अहिलेको कामको गतिलाई दोब्बर बढाउनुपर्छ । त्यस्तै दैनिक २ सय ८५ मिटरको दरले सुरुङमा ढलान हुनुपर्दछ ।’

अहिले सुन्दरीजल, अम्बाथान, सिन्धु र ग्याल्थुम खण्डमा २÷२ खण्ड गरी काम भएको र अम्बाथान र सिन्धुमा १÷१ खण्डबाट सुरु गरिएको ढलानको काम सम्पन्न हुन लागेको मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?