विम्बल्डन : नाडालको विजयी सुरुवात

लोकपथ
130
Shares

काठमाडौं । अर्जेन्टिनाका फ्रान्सिस्को सेरुन्डोलोलाई ३-१ ले हराउँदै स्पेनिस टेनिस स्टार राफायल नाडालले विम्बल्डन टेनिसमा विजयी सुरुवात गरेका छन् ।

मंगलबार राति सेन्टर कोर्टमा भएको खेलमा नाडालले फ्रान्सिस्कोमाथि ६-४,६-३,३-६ ६-४ को सेटमा जित निकाले ।

विश्व वरियताको दोस्रो स्थानमा रहेका नाडालको यो ३०६औँ ग्रान्डस्लाम जित हो । अब, कीर्तिमानी २२औँ पटकको ग्रान्डस्लाम विजेता नाडालले दोस्रो चरणमा लिथुनियाका रिकार्डससँग खेल्नेछन् ।

३६ वर्षीय नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?