बैतडीको कठमडामा विद्यालय भत्किँदा पठनपाठनमा समस्या

बैतडी : निरन्तरको बर्षा थेग्न नसकेर बैतडीको सुर्नया गाउँपालिका-७ कडमडास्थित केदार माध्यामिक विद्यालयको भवन भत्कँदा २ करोड रूपैयाँभन्दा बढिको क्षति भएको छ । 

जीर्ण बनिसकेको ८ कोठे सो विद्यालय भवन लगातारको बर्षाका कारण मंगलबार भत्किएको हो । विद्यालयको छत पुरै भत्किएको सो विद्यालयका प्रधानाध्यापक विरेन्द्रबहादुर चन्दले जानकारी दिए । 

विद्यालय नै भत्किएपछि अहिले विद्यार्थीहरूलार्इ घाम लागेको बेलामा चाैरमा पढाएर घर फर्काउने गरिएको छ । १२ कक्षासम्म पढार्इ हुने सो विद्यालयमा ४ सय २० जनाभन्दा बढि विद्यार्थीहरू अध्ययनरत छन् । 

भत्किएको भवनले थिचेर विद्यालयको पुस्तकालय र कम्प्युटरलगायतका कक्ष क्षतिग्रस्त भएको छ । सो विद्यालयले भवन पुनर्निर्माणका लागि सरोकारवालासँग अाग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?