लेनिन विष्ट प्रकरणमा अनुसन्धान सुरु

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले थाइल्यान्ड जान लागेका पूर्व बालसैनिक लेनिन विष्टलाई विमानस्थलबाटै फिर्ता गरिएको घटनामाथि छानबिन थालेको छ ।

आयोगले मंगलबार गृह सचिव प्रेम राई र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेललाई पत्र लेखी सोधपुछका लागि बोलाएको छ । पत्रमा उनीहरू दुवैलाई आइतबार उपस्थित हुन निर्देशन दिइएको आयोगले जनाएको छ ।अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

‘लेनिन विष्टको घटना मानव अधिकारका दृष्टिले गम्भीर खालको छ,’ आयोगका सदस्य तथा सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीले भने, ‘त्यसै हुनाले हामीले उहाँहरूलाई उपस्थित हुन पत्र काटेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?