लाेकपथ टप फिप्टिन हेडलाइन्स : नयाँ पार्टी खाेले बामदेवले, ताण्डब देखाउन सुरू गर्‍याे बाढी पहिराेले

लोकपथ
65
Shares

१  सर्वोच्चको आदेशविपरीत पुर्वविशिष्टलाई आवाश,गाडी र इन्धन सुविधा दिने सरकारको तयारी, देशको आर्थिक अवस्था कमजोर भएको समयमा राष्टको ढुकुटीमा करोडौ भार थपिँदै ।

२ बामदेव गौतमले घोषणा गरे ७५ सदस्यिय केद्रिय समितीको नयाँ पार्टी, गौत्तम संयोजक रहने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियान राखियो ।

३ कोरोना महामारीका कारण रोकिएको पेट्रोलियम अन्वेषणको काम अगाडी बढने, चिनियाँ सरकारको सहयोगमा अनुसन्धान अगाडी बढाउन चिनियाँ टोली नेपालमा ।

४ अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरो, तराई विभिन्न भूभाग डुबानमा, मोरङमा बाढीले १ जनालाई बगायो, १५ सय भन्दा बढी घरपरिवार विस्थापित ।

५ नेपालमा स्टेट पार्टनरशीप प्रोगाम (एसपीपी) को पत्र आफ्नो पालामा नभइ सुशील कोइरालाको पालामा पठाएको केपी शर्मा ओलीको दाबी, सरकारले ओरिजिनल पत्र लुकाएको भन्दै त्यसलाई सार्वजनिक गर्न चुनौती ।

६ विपद्लाई टार्न नसकिने गृहमन्त्री बालकृष्ण खाणको भनाइ, जस्तोसुकै विपद्लाई पनि न्यूनीकरण गर्न संगठित भएर लाग्नुपर्नेमा जोड ।

७ काठमाडौंको फोहोर २ दिन नउठ्ने, भारी वर्षाका कारण सिसडोलमा बनेको फोहोरको ढिस्कोवाट लेदोसहितको फोहोर खसेपछि सडक अवरुद्ध ।

८ नेपालमा स्मार्टफोनका प्रयोगकर्ता बढदै, ११ महिनामा ३९ अर्ब बराबरको महंगो फोन आयात ।

९ गुणस्तरीय खानेपानी उपलब्ध गराउन मापदण्ड र निर्देशिका बने पनि कार्यान्वयन गर्न नसक्दा उपभोक्ता दूषित पानी पिउन बाध्य, खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तीन वर्षदेखि संसदमै थन्कियो ।

१० पछिल्लो २४ घन्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि, १७ जना संक्रमणमुक्त, सक्रिय संक्रमितको संख्या २ सय २९ पुग्यो ।

११ सेयर बजारको ओरालो यात्रामा मंगलबार पनि निरन्तरता, नेप्से दोहोरो अंकले घट्दा कारोबार रकम भने एक अर्बमा खुम्चियो, ३७ कम्पनीको मात्र सेयरमूल्य वृद्धि ।

१२ अमेरिकाको टेक्सासमा एक लरी भित्र ४६ जनाको शव फेला, मृतक सबै आप्रवासी भएको आशङ्का, घटना के कारण भएको भन्ने बारे अनुसन्धान हुँदै ।

१३ श्रीलंकामा अत्यावश्यक सवारीसाधनले मात्र इन्धन पाउने, निजी गाडीलाई पेट्रोलियम पदार्थ बिक्रीमा रोक, तेल आपूर्ति सकिएपछि कर्मचारीहरूलाई घरबाट काम गर्न अनुमति दिन निजी क्षेत्रलाई सरकारको आग्रह ।

१४ नेपाली अल स्टार्सले गर्यो नेपाल क्रिकेट संघ (क्यान) लाई २१ लाखभन्दा बढी आर्थिक सहयोग, उक्त रकम क्यानले दुईदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्न खर्च गर्ने ।

१५  १७ वर्षपछि ब्राजिलियन क्लबमा फर्किए फर्नान्डिन्हो, सन् २००५ मा पारानाएन्स युक्रेनी क्लबवाट प्रोफेसन फुटबल करिअर थालेका फर्नाडिन्होले म्यानचेष्टर सिटी हुँदै होम क्लबमा फर्किए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?