ओलीको दाबी : ‘एसपीपी सुशील कोइरालाको पालामा आएको हो, मलाई थाहा नदिइ पत्र पठाइयो’

लोकपथ
70
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्टेट पार्टनरशीप प्रोगाम (एसपीपी) आफ्नो पालामा नभइ तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको पालामा भएको दाबी गरेका छन् ।

आज मदन भण्डारीको ७१औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सो कुरा बताएका हुन् ।

उनले कार्यक्रमलाई सम्बोधन गर्दै सुशील कोइराला प्रधानमन्त्री भएका बेला नेपाल एसपीपीको अंग बन्ने इच्छा जायर गरेको पत्र रक्षामन्त्रालय मार्फत पठाउन लगाएको दाबी गरे ।

नेपालको संविधान जारी भएको तीन दिनपछि अर्थात असोज ६ गते रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका कोइरालाले नै नेपाली सेनालाई सो आशयको पत्र लेख्न लगाएको जिकिर गरे ।

‘असोज ३ गते संविधान जारी भयो । असोज ६ गते सुशील कोइराला प्रधानमन्त्री पनि हुनुहुन्थयो रक्षामन्त्री पनि हुनुहुन्थयो । उहाँले रक्षामन्त्रीको हिसावले त्यो स्टेट पार्टनरशीप प्रोगाम (एसपीपी) को अंग बन्न नेपाल तयार छ इच्छुक छ भनेर पत्र लेख्नुभयो । मन्त्रीस्तरीय निर्णय भयो । त्यो निर्णय अनुसार असोज १३ संविधान जारी भएको ३ दिनपछि असोज ६ गते उहाँले मन्त्रीस्तरीय निर्णय गर्नुभयो । र १३ गते आश्विनमा सुशील कोइराला नै प्रधानमन्त्री हुनुहुन्थ्यो ।’ ओलीले भने, ‘रक्षा मन्त्रालयले नेपाली सेनालाई पत्र लेख्यो यससम्बन्धमा पत्राचार गर्नु र नेपाल एसपीपीको अंग बन्ने कुरा अगाडी बढाउनु पत्राचार गर्नु भनेर । त्यसपछि म प्रधानमन्त्री भएँ असोज २५ गते र कुनै सरसल्लाह कुनै जानकारी नभइकन, ठ्याक्कै त्यही पहिलेकै आदेश अनुसार मैले कार्तिक १० गतेको ठेगाना राखिएको छ ।’

त्यसैगरी त्यहाँ राखिएको चलानी नम्बर पनि हातले लेखिएएको भन्दै भ्रममा नपर्नका लागि आग्रह गरे । ‘म तपाइहरुको ध्यान आकर्षित गर्न चाहन्छु । मैले पनि सरकारलाई ओरिजिनल पत्र देखाउ भन्छु । म प्रधानमन्त्री हुनभन्दा पहिलेको पत्र हुन सक्छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?