काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रीय कार्यसमितिको महासचिवमा कृष्णकुमार गिरीले उम्मेवारी घोषणा गरेका छन् ।
उनले आफ्नो विभिन्न योजनासहित अनेसासको केन्द्रीय महासचिवमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले अनेसासलाई जानजनमा, मनमनमा पुर्याउने, स्रष्टाहरूको यथोचित सम्मान गर्नेरगराउने, नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उन्नयन र श्रीवृद्धिका लागि सम्बन्धित सबैसँग सहकार्य गर्ने, संस्थाको कोष अभिवृद्धि गर्न कोषाध्यक्षज्यूहरूसँग सम्पर्क र समन्वयमा रही काम गर्ने लगायतका योजनाहरु अघि सारेका छन् ।
उनले निर्वाचनले संगठनलाई अफ्ठ्यारोमा पार्न सक्ने प्रति चिन्ता व्यक्त गर्दै निर्वाचन पश्चात विजेता उपविजेता सबै मिलेर संगठनलाई चलायमान बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
‘निर्वाचनले संगठन अप्ठ्यारोमा पर्छ कि भन्ने चिन्ता लिने कुरा स्वभाविक नै हो । निर्वाचनमा विजेता र उप विजेता हुनु पनि स्वाभाविकै हो। यध्यपि निर्वाचनपश्चात् हामी सबै पुनः अनेसासको हराभरा वृक्षको छहारीमा उही न्यानोपनकासाथ एकीकृत हुने कुरामा म विश्वस्त छु। र यसका लागि मेरा तर्फवाट सक्दो पहल हुने विश्वास दिलाउन चाहन्छु ।’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया