धिरज र साम्राज्ञीको ‘इन्टु मिन्टु लण्डनमा’ ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं । यस वर्षको बहुप्रतीक्षित चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को ट्रेलर सार्वजनिक गरिएको छ । यसअघि गीत तथा टिजरबाट नै चर्चा कमाएको यो फिल्मले युट्युबमार्फत ट्रेलर सार्वजनिक गरेको हो ।

साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको मुख्य भूमिका रहेको यो फिल्म लण्डनका विभिन्न स्थानमा खिचिएको छ । चलचित्रमा प्रेमकथालाई प्रस्तुत गरिएको छ ।

असोज ५ गते रिलिज हुने यो चलचित्रलाई रेनाशा बान्तवा राईले निर्देशन गरेकी हुन् । यसअघि उनले म्युजिक भिडियो तथा फिल्मका गीतमा कोरियोग्राफी गरेर निर्देशनको अनुभव बटुलेकी हुन् । रेनाशका लागि यो फिल्म निर्देशनमा डेब्यु फिल्म हो भने धिरज मगरले पनि यही फिल्ममार्फत नेपाली चलचित्रमा डेब्यु गर्दैछन् ।

प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराले निर्माण गरेको यो फिल्मलाई शैलेन्द्र डी कार्कीले खिचेका हुन् ।

चलचित्रमा धिरज र साम्राज्ञीका अलावा विजय लामा, सारुक ताम्राकार, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, रुवी राणा लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?