१ कार्तिक २०७८, सोमवार

किन पटक पटक पर्छन् दुर्लभ गैंडा ?

२०७५,भाद्र,१२,मंगलवार १४:५९


चितवन– चितवन राष्ट्रिय निकुञ्जको माडी वनकट्टा क्षेत्रमा दुर्लभ एकसिङ्गे गैँडा आज मरेको अवस्थामा भेटिएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार काँसघारीमा टाउको पानीमा डुबेको अवस्थामा भाले गैँडा मरेको भेटिएको हो । गैँडाको अवस्था हेर्दा दुई–तीन दिनअघि मरेको जस्तो देखिएको अर्यालले बताए ।

गैँडा जुधेर, दलदलमा फसेर, बुढो भएर, घाउको सङ्क्रमण लगायतका कारण मर्ने गर्दछन् । निकुञ्जमा चालू आवमा हालसम्म योसहित चारवटा गैँडा प्राकृतिक कारणले मरेका छन् । गत आव २०७४÷७५ मा २६ वटा गैँडा प्राकृतिक कारणले मरेका थिए । नेपालमा ६४५ वटा एकसिङ्गे गैँडा रहेका छन् जसमध्ये ६०५ वटा चितवन राष्ट्रिय निकुञ्जमा छन् ।

 

प्रकाशित मिति: २०७५,भाद्र,१२,मंगलवार १४:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

बार्सिलोनासँग भ्यालेन्सिया पराजित
 २०७८,कार्तिक,१,सोमवार ०९:०८
घरेलु मैदानमै न्युकासल स्तब्ध
 २०७८,कार्तिक,१,सोमवार ०८:५७
प्रजिअसहित सह र उपसचिवको सरुवा
 २०७८,कार्तिक,१,सोमवार ०८:३४
वर्षाले पाकेको धान बाली नष्ट
 २०७८,कार्तिक,१,सोमवार ०८:२४