३१ आश्विन २०७८, आईतवार

युवती बलात्कारको आरोपमा पाँच पक्राउ

२०७५,भाद्र,१२,मंगलवार १४:१९


लहान । एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले पाँच जना युवा पक्राउ गरेको छ । 

रक्षाबन्धनको अवसरमा सप्तरीको शम्भुनाथ नगरपालिकास्थित अर्नाहामा लागेको मेला भरेर फर्किंदै गरेकी सप्तरीको खडक नगरपालिका–५ की २० बर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट ५ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका–५ निवासी २० वर्षीय विक्रम सरदार, सोही ठाउँका २६ वर्षीय कृष्णनारायण साह, २७ वर्षीय मनोजकुमार राम, सप्तरीकै कञ्चनरुप नगरपालिका–११ निवासी २४ वर्षीय हीरालाल साह र शम्भुनाथ नगरपालिका–७ निवासी १८ वर्षीय राजकुमार भगत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भबेश रिमालले जानकारी दिए ।

रक्षाबन्धन मेला भरेर सोमबार राति करीब ९ बजे साइकलमा एक्लै घर फर्किंदै गरेकी ती युवतीलाई अर्नाहा र कठौनाको बीचमा पर्ने वसबलपुर जाने बाटो नजिकै सात÷आठ जना युवाको समूहले बाटो छेकेर धान खेतमा लगेर सामूहिक बलात्कार गरेको पीडितको भनाइ उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक रिमालले बताउ ।

पीडित युवतीका परिवारजनले न्यायको माग गर्दै प्रहरीमा उजुरी गरेपछि सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र बिष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट ती सबैलाई पक्राउ गरिएको जनाएको छ । घटनामा संलग्न युवाले मादकपदार्थ सेवन गरेको पीडित युवतीले बताएकी छिन् । 

यसैबीच पक्राउ परेका पाँचैजना माथि आजै जबर्जस्तीकरणी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिए ।

प्रकाशित मिति: २०७५,भाद्र,१२,मंगलवार १४:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

दशैँमा देखिएको केही फरक र मनोरम दृश्यहरु
 २०७८,आश्विन,३१,आईतवार १२:३३