लाबोनी चक्रवर्ती प्रसाईँको ‘बिरानो सहर’ (भिडियोसहित)

लोकपथ
1.8k
Shares

काठमाडौं । लाबोनी चक्रवर्ती प्रसाईँको आवाजमा ‘बिरानो सहर’ सार्वजनिक भएको छ । रबिमानसिंह बस्न्यातको शब्द र लाबोनी प्रमोदको संगीतमा रहेको गीत आइतबार सार्वजनिक भएको हो ।

गीतमा २०७२ सालको भूकम्पलगायत विभिन्न विपत्तिले मानवजीवनमा पारेको अप्ठ्यारो र आँखै अगाडि भएको विध्वंशलाई समेटिएको छ ।

रिदम कँडेलको संगीतसंयोजन रहेको गीतलाई किशोर थापाले किक्सिङ र मास्टरिङ गरेका हुन् । गीत ‘एसएसएसआर क्रियसन’ युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ ।

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?