१९ मङ्सिर २०७९, सोमवार

यसकारण हुन सकेन आज कांग्रेस र फोरम लोकतान्त्रिकबीच एकीकरण

२०७४,आश्विन,२९,आईतवार १५:३८

9
Shares

काठमाडौं, २९ असोज— नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबीच आज हुने भनिएको पार्टी एकीकरण सोमबारको लागि सरेको छ ।आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टीबीच एकता हुने भनिएपनि सांगठनिक र पदीय भागबण्डामा केहि कुरा मिल्न बाँकी रहेकाले एकता भोलि बिहान १० बजेको लागि सरेको कांग्रेस प्रभावशाली नेता अर्जुननरसिंह केसीले लोकपथलाई जानकारी दिए ।स्रोतका अनुसार विजयकुमार गच्छदारलाई उपसभापति वा महामन्त्री मध्ये एक पद कांग्रेस सभापति शेरबहादुर देउवा राजी भएका छन् । तर, सांगठनिक कुरा केहि मिल्न बाँकी रहेकाले आज निर्धारित एकता सरेको हो ।गच्छदार २०६४ सालमा सम्पन्न संविधानसभाको निर्वाचन अघि कांग्रेस छोडेर तत्कालिन मधेशी जनाधिकार फोरम प्रवेश गरेका थिए।पार्टी छोडेको करिव दश बर्षपछि उनी कांग्रेसमै फर्किन लागेका हुन्।

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार १५:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले काठमाडौं उपत्यकाका नदी किनारमा बसिरहेका अव्यवस्थित बसोबासीहरुको विकल्पसहित समाधान खोजिने बताएका छन् ।

काठमाडौं । गण्डकी प्रदेशका खेलकुदमन्त्री तथा मनाङ प्रदेश सभा ‘ख’ बाट निर्विरोध प्रदेश सभा सदस्यमा निर्वाचित राजिब गुरुङ उर्फ दीपक

काठमाडौं । सत्तारुढ गठबन्धनले मुुलुकको विद्यमामन चुनौतीहरुको सामना गर्नुपर्ने आवश्यक्ताले वर्तमान गठबन्धनलाई निरन्तरता दिनुपर्ने निचोड निकालेको छ । निर्वाचनपछि बसेको

दाङ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ खण्डमा सडक मिचेर बनाएका संरचना हटाउन निर्देशन दिइएको छ । सडक डिभिजन कार्यालय दाङले

ताजा समाचार

रिलायन्स फाईनान्स १४ औँ वर्षमा प्रवेश
 २०७९,मङ्सिर,१९,सोमवार १९:४८