बिम्सटेक सम्मेलन : प्रेस पास बोक्ने सञ्चारकर्मीलाई जोर – विजोर नियम लागू नहुने

काठमाडौं । सूचना विभागको प्रेस पास बोक्ने सञ्चारकर्मीलाई जोर विजोर नियम लागू नहुने भएको छ । ‘बिमस्टेक’ शिखर सम्मेलनका क्रममा १३ र १५ गते विजोर र १४ गते जोर नम्वरको सवारी साधन सञ्चालनमा आउने छन् । 

त्यसका लागि सूचना विभागको प्रेस पास बोक्न अनिवार्य गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अन्य सर्वसाधारणको हकमा भने राति १० वजेदेखि विहान छ वजेसम्म जोर–विजोर नियम लागू नहुने जनाएको छ । 

त्यस्तैं, विम्स्टेक शिखर सम्मेलनमा सहभागी बुद्धिजीवी, कर्मचारी र सुरक्षाकर्मी लगायतका सहभागीहरुका लागि पनि जोर–विजोर लागू हुने छैन । सहभागीहरुले सम्मेलनको पास अनिवार्य रुपमा साथमा राख्नु पर्ने छ । 

अत्यावश्यक तथा आकास्मीक सेवाका सवारी साधनहरुमा पनि जोर–विजोर नम्वर लागू हुने छैन ।

अत्यावश्यक तथा आकास्मीक सेवाका सवारी साधनहरुमा पनि जोर–विजोर नम्वर लागू हुने छैन ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा १२ गतेदेखि १५ गतेसम्म हवाईसेवा प्रयोग गर्ने वाहेक अन्यलाई प्रवेश निषेध गरिएको छ । 
यात्रुलाई टिकट साथमा राखी विमानस्थलभित्र प्रवेश गर्न आग्रह गरिएको छ । नागरिक उड्डयन प्राधिकरण विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले यात्रु बोकेर भित्र आउने र यात्रु लिएर वाहिर जाने सवारी साधनहरुलाई १५ देखि २० मिनेटमात्र समयअवधि उपलब्ध गराइएको जानकारी दिनुभयो । 

अशक्त र विरामीहरुको हकमा त्यहाँ तैनाथ सुरक्षा निकायसंग समन्वय गरी सवारी ब्यवस्था मिलाउन आग्रह गरिएको छ । शिखर सम्मेलन अवधिभर भिभिआइपीहरु आवत जावत गर्ने मार्गमा सर्वसाधारणको आवतजवातमा समेत अवरोध हुने छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?