नेपाली क्रिकेट इतिहासमा एशिया छनोट खेल्न पाउनु सबैभन्दा ठूलो उपलब्धि : पारस खड्का

काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले एशिया कप छनोट लागि तयारी राम्रो रहेको बताएका छन् । 

क्वालालम्पुरमा मंगलवार भएको कप्तानहरु बीचको पत्रकार सम्मेलनमा बोल्दै पारसले सहभागी ६ वटै टिम उत्तिकै राम्रो र दावेदार भएको भएको जानकारी दिए । 

‘एशिया कप छनोटमा सहभागी ६ वटै टिम बलियो छ । हामीहरुले पनि तयारीलाई निखारेका छौँ र छनोट खेलमा राम्रो खेल्नेछौँ । आशा गरौँ एशियन क्लालिफाइङ खेलमा नेपालले बेस्ट पफर्मेन्स दिनेछ।’ उनले भने । 

साथै, कप्तान पारसले छनोट प्रतियोगितामा ‘फुल एफोर्ट’ लगायर खेल खेल्ने पनि जानकारी दिए । 

'एशिया कप' छनोटमा सहभागी ६ वटै टिम बलियो छ । हामीहरुले पनि तयारीलाई निखारेका छौँ र छनोट खेलमा राम्रो खेल्नेछौँ । आशा गरौँ एशियन क्लालिफाइङ खेलमा नेपालले बेस्ट पफर्मेन्स दिनेछ।

‘पहिलो पटक छनोट खेल भएकोले सबै टिमलाई राम्रो खेल्नु पर्ने दवाव छ । हामीलाई पनि फुल प्रेसरमा खेल्नु पर्ने दवाव छ । सबै टिमले छनोट चरण पार गर्ने कोशिस गर्नेछन् । मलाई आशा छ मलेसियाको छनोटमा राम्रो नजिता ल्याउनेछौँ ।’ उनले थपे 

पत्रकार सम्मलेनमा बोल्दैं उनले नेपाली खेलाडीको 'टिम वर्क' अहिले व्यालेन्समा रहेको पनि बताए । 

‘सबै खेलाडीहरु फिट हुनुका साथै लयमा छन् । यो वर्ष नेपाली क्रिकेटले धेरै सफलता पाएको छ । नेपालले यसै वर्षमात्र पहिलो पटक एक दिवसियको मान्यता पायो । हामी अझै अरु इतिहास बनाउने दौडमा छौँ । साथै, अहिलेसम्मकै नेपाली क्रिकेट इतिहासमा एशिया छनोट खेल्न पाउनु सबैभन्दा ठुलो उपलब्धि हो । यसै छनोट खेलबाट साबित हुन्छ की नेपाली क्रिकेटको स्तर कहाँ पुगिसक्यो ।’ उनले बताए । 

कप्तान पारसले एशिया कपमा छनोट हुनका लागि सबै टिमले उत्तिकै मिहिनेत गरेको पनि  जानकारी दिए । उनले भनेका छन् ‘सबै टिम भारत र पाकिस्तानसँग खेल्न उत्साहित छन् । तर, छनोट भएको टिमले मात्र यो अवसर प्राप्त गर्नेछ । यो अवसर नेपाली टिमले  प्राप्त गर्नेमा म आशावादी छु ।’ 

पत्रकार सम्मेलनमा छनोट खेलमा सहभागी ६ राष्ट्रका कप्तानहरु उपस्थित थिए । एशिया कपको छनोट खेल भोली ‘बुधवार’बाट शुरु हुँदैछ । बुधवार हुने पहिलो खेलमा नेपालले ओमनको सामना गर्दैछ । यी दुई टिमबीचको खेल क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा हुने  बिहान पौने ८ बजेपछि शुरु हुनेछ । 

६ वटै टिम एक आपसमा परिचित भएका कारण छनोट खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । प्रतियोगिता अघि सहभागी ६ वटै राष्ट्रका कप्तानबीच मंगलबार 'एशिया कप' छनोटको 'ट्रफी' सार्वजनिक गरिएको थियो ।

तस्वीर: रमन सिवाकोटी

छनोट खेल्ने ६ मध्ये नेपाल र युएई आइसीसी 'ओडिआई' मान्यता प्राप्त राष्ट्र हुन् । त्यस्तै, हङकङ अहिले डिभिजन 'टु' मा छ।  ओमान र सिंगापुर भने डिभिजन 'थ्री' मा छ ।  यता, मलेसिया भने डिभिजन 'फो' मा छ । 

छनोट खेलमा नेपालसहित संयुक्त अरब इमिरेट्स, मलेसिया, हङकङ सिंगापुर र ओमन रहेका छन् । छनोट खेल सेप्टेम्बर ६ सम्म चल्नेछ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?