भोजपुरमा बलात्कारपछि ११ वर्षीया बालिकाको हत्या

भोजपुर।  बलात्कारपछि हत्याको आरोपमा भोजपुरमा प्रहरीले एकजना पक्राउ परेका छन् । 

साल्पासिलिछो गाउँपालिका–६ दोभानेका ११ वर्षीया बालिका रचना राईको बलात्कारपछि हत्या गरेको आरोपमा सञ्जय राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

बालिका गएराति खाना खाएर स्थानीय नातेदार मामा सञ्जय राईसँंग फिल्म हुेर्छु र सँगैै सुत्छु भनेर उनको कोठामा गएकी थिइन् । बलात्कारपछि घाँटीमा थिचेर हत्या भएको हुनसक्ने आशंकामा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी केशवकुमार थेवेले बताए । 

सञ्जयसंगै सुतेकी बालिकाको बलात्कार गरेको परिवारले थाहा पाउने भएपछि हत्या गरेको हुनसक्ने डिएसपी थेवेले बताए ।

बालिकाको शव पोष्टमार्टम गर्नको लागि संखुवासभा जिल्ला अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?