बिम्सटेक सम्मेलन: उपत्यकाका विद्यालय दुई दिन विदा (विज्ञप्ती सहित)

काठमाडौं । सरकारले काठमाडौंमा बिम्सटेक सम्मेलन हुने दिन भदौ १४ र १५ गते विद्यालयहरुमा विदा दिने निर्णय गरेको छ । 

 सम्मेलन अवधिभर विद्यालय तथा कलेजहरु पूर्णरुपमा बन्द गर्ने गृह मन्त्रालयले निर्णय गरेको हो।

बिम्सटेक बैठकलाई लक्षित गरी शिक्षा मन्त्रालयले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा विद्यालयमा विदा दिने निर्णय गरेको हो ।

सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै  शान्ति सुरक्षा महाशाखाले सवारीसाधनमा जोरविजोरको प्रणली लागु गर्दै छ ।  १३ र १५ गते विजोर गाडीमात्र चलउन पाइने छ भने   १४ गते जोर नम्बरमात्र ।अत्यावश्यक सेवा र प्रेसका लागि भने जोर विजोर नियम लागू हुनेछैन। 

राति १० बजेदेखि बिहान ६ बजेसम्म भने यातायातलाई कुनै मापदण्ड तोकिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?