म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौं ओर्लिए

काठमाडौं । बिमस्टेक बैठक १४ र १५ गते काठमाडौंमा हुँदैछ ।

चौथो बिमस्टेक बैठकमा सहभागी हुन म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौं आइपुगेका छन् ।

राष्ट्रपति मिन्टलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभूवन विमानस्थलमा स्वागत गरेका छन् ।

यसैबीच भीभीआईपीहरु नेपाल आउने क्रम सुरु भएसँगै राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ । 

सशस्त्र प्रहरी बलका सुरक्षा अधिकारीहरुले भिभिआईपी मुभमेन्ट हुने स्थानहरुका पुल, आकाशेपुल र कल्भर्टहरुको सुरक्षा गर्ने शसस्त्र प्रहरी बलका एक उच्च अधिकारीले जानकारी दिएका छन् । सम्मेलन अवधिभर करिब ४ हजार शसस्त्र प्रहरी बालका सुरक्षा अधिकारीहरु परिचालिन हुनेछन् । यस्तै नेपाल प्रहरीका  पनि १२ हजार बढी परिचालन  हुनेछन् । 

अहिले राजधानीका चोकचोकमा  सशस्त्र र  नेपाल प्रहरीलाई परिचालन गरिएको छ । उपत्यका भित्रिने नाकाहरुमा पनि चेकजाँचलाई कडा बनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?