११ चैत्र २०७९, शनिवार

यसकारण हुन सकेन आज कांग्रेस र फोरम लोकतान्त्रिकबीच एकीकरण

२०७४,आश्विन,२९,आईतवार १५:३८

0
Shares

काठमाडौं, २९ असोज— नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबीच आज हुने भनिएको पार्टी एकीकरण सोमबारको लागि सरेको छ ।आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टीबीच एकता हुने भनिएपनि सांगठनिक र पदीय भागबण्डामा केहि कुरा मिल्न बाँकी रहेकाले एकता भोलि बिहान १० बजेको लागि सरेको कांग्रेस प्रभावशाली नेता अर्जुननरसिंह केसीले लोकपथलाई जानकारी दिए ।स्रोतका अनुसार विजयकुमार गच्छदारलाई उपसभापति वा महामन्त्री मध्ये एक पद कांग्रेस सभापति शेरबहादुर देउवा राजी भएका छन् । तर, सांगठनिक कुरा केहि मिल्न बाँकी रहेकाले आज निर्धारित एकता सरेको हो ।गच्छदार २०६४ सालमा सम्पन्न संविधानसभाको निर्वाचन अघि कांग्रेस छोडेर तत्कालिन मधेशी जनाधिकार फोरम प्रवेश गरेका थिए।पार्टी छोडेको करिव दश बर्षपछि उनी कांग्रेसमै फर्किन लागेका हुन्।

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार १५:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताएका छन्

काठमाडौं । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले लामो सङ्घर्षपछि राज्य व्यवस्था फेरिए पनि राजनीतिक र प्रशासनिक नेतृत्वमा पुरानै प्रवृत्ति हाबी

काठमाडाैं । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ । कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक शुरु भएको हो ।

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११