जिम्बावेका अलराउन्डर सिकन्दरले काठमाडौं किङ्सबाट खेल्ने

काठमाडौं । जिम्बावेका अलराउन्डर सिकन्दर राजाले आसन्न एभरेष्ट प्रिमियर लिग ‘इपिएल’को लागि काठमाडौ किङ्सबाट खेल्ने भएका छन् । 

सिकन्दरलाई काठमाडौ किङ्सले तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।  काठमाडौ किङ्सले यसअघि नै आयरल्याण्डका केभिन ओब्राइन र युएईका कप्तान रोहन मुस्तफालाई अनुबन्ध गरेको थियो ।

 ‘इपिएल’मा ३ विदेशी खेलाडी राख्न पाउने नियम अनुसार काठमाडौंले आफ्नो टिममा तीन खेलाडीलाई अनुबन्ध गरेको हो । 

जिम्बावे टिमका सफल खेलाडी सिकन्दरले राष्ट्रिय टिमबाट ८५ एक दिवसिय,१० टेष्ट र २० टी–ट्वान्टी खेल खेलिसकेका छन् । यो वर्षको विश्वकप छनोटमा म्यान अफ द सिरीज घोषित भएका सिकन्दरले ३ सय १९ रन बनाउनुका साथै १५ विकेट लिएका थिए । 

३२ वर्षे सिकन्दरले टेष्टमा ७ सय ६२ र एक दिवसियमा २ हजार ३८१ रन बनाएका छन् । 

उनले बलिङमा जिम्बावेबाट टेष्टमा १३, एक दिवसियमा ५० र टी–ट्वान्टीमा ९ विकेट लिइसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?