पहिरोका कारण डुम्रे-बेँसीशहर सडकखण्ड अवरुद्ध

लोकपथ
260
Shares

लमजुङ । सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले डुम्रे-बेँसीशहर सडकखण्डअन्तर्गत उदिपुरखण्ड अवरुद्ध भएको छ ।

डुम्रे-बेँसीशहर सडक खण्डअन्तर्गत बेँसीशहर नगरपालिका-१ उदिपुर नजिकै देउराली डाडाको पहिरोले सडक अवरुद्ध भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले बताए ।

उनका अनुसार गत वर्ष र केही दिनअघि गएको पहिरोले अवरुद्ध सडकका कारण वैकल्पिक रूपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा पहिरोले ढुङ्गा माटोसहित अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन ठप्प भएको छ ।

सडकअवरुद्ध भएपछि काठमाडौँ, पोखरा, चितवनतर्फ जाने र बेँसीशहरतर्फ आउने सवारी साधन चल्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?