२३ श्रावण २०७९, सोमवार

राष्ट्रपति रनिङ शिल्ड असार १८ देखि

२०७९,असार,१३,सोमवार २१:११

63
Shares

हेटौंडा । मकवानपुरको १२ औ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता यही असार १८ गते देखि हेटौडामा हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा आज बसेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशन समितिको बैठकले प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।

स्थानीय तहबाट छनौट भएका खेलाडीहरूले जिल्ला प्रतियोगितामा भाग लिन पाउने छन् । सबै पालिकाहरूलाई छनौट गरेर खेलाडी पठाउन यस अघि नै पत्राचार भएको र केही पालिकाहरूले अझै छनौट गर्न बाँकी रहेको समितिका सचिव राजन दाहाल खुशराजले जानकारी दिए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं निर्देशन समितिका संयोजक भेष खड्कीको अध्यक्षतामा भएको बैठकमा जिल्ला समन्वय समिति, जिल्ला प्रहरी, जिल्ला शिक्षा इकाईका प्रतिनिधि, नगर खेलकुदका अध्यक्ष चन्द्र शाही, विभिन्न खेलकुद संघका अध्यक्ष तथा प्रतिनिधि र प्रशिक्षकहरूको बैठकमा सहभागिता थियो ।

जिल्ला प्रतियोगिताबाट छनौट भएका खेलाडीहरूले काठमाडौंमा असार २५ गते देखि हुने प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने छन् । अहिले सम्म हेटौडा उपमहानगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकाले स्थानीय छनौट गरेका छन् भने बकैया, गढी र कैलाशले छनौट गर्ने जानकारी दिएको दाहालले जानकारी दिए ।

राष्ट्रपति रनिङशिल्डमा एथलेटिक्स, भलिवल, कबड्डी, कराँते, तेक्वान्दो र उसु खेलका गरी ४८ स्वर्ण पदकका लागि प्रतियोगिता हुने पनि दाहालले बताएका छन् ।

प्रकाशित मिति: २०७९,असार,१३,सोमवार २१:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. आगामी निर्वाचनामा चुनावी तालमेलको खाका बनाउन गठित कार्यदलको पहिलो बैठकले तोक्यो संयोजक, कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला

काठमाडौं । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिकाका मेयर धनराज

काठमाडौं । राष्ट्रियसभा सांसद दुर्गाकुमारी गुरुङले खेलाडीहरुलाई पनि पेन्सनको व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन् । आज (साेमबार) बसेको राष्ट्रियसभा

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघले मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय

ताजा समाचार