भोलिदेखि काठमाडौं उपत्यकामा लागू हुँदैछ जोरबिजोर प्रणाली

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौंथो शिखर सम्मेलन काठमाडौंमा आगामी १४ र १५ हुँदैछ । 

बिमस्टेक बैठकलाई ध्यानमा राखेर बुधबारदेखि शुक्रबारसम्म काठमाडौँ उपत्यकाका निजी र सार्वजनिक सवारीमा जोर–बिजोर प्रणाली लागू गरिदै छ । सम्मेलनमा भीआइपीहरुको सवारी आवागमनमा सहज गर्नको लागि जोरबिजोर प्रणाली लागु गरिएको हो ।

भीआइपीको सवारी हुँदा कम्तिमा आधा घण्टा सडक प्रभावित हुनेछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ र १५ गते बिजोर नम्बर प्लेट भएका सवारी साधनहरु चल्न पाउनेछन् भने १४ गते जोर नम्बर प्लेट भएका सवारीहरु चल्न पाउनेछन् ।

यो नियम सरकारी सवारीमा भने लागू नहुने बताइएको छ । त्यस्तै, विशेष सुरक्षा पास लिएका सवारीहरुमा पनि यो लागू हुने छैन ।

महाशाखाका अनुसार १३ गते बुधबार र १५ गते शुक्रबार नम्बर प्लेटमा अन्तिम अक्षर विजोर १, ३, ५, ७ र ९ भएका निजी र सर्वाजनिक सवारी चल्न पाउनेछन् ।

१४ गते बिहिबार जोडी अक्षर भएका सवारी मात्र चल्न पाउनेछन् । जसमा नम्बर प्लेटको अन्तिम अक्षर ०, २, ४, ६ र ८ रहेका सवारी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?