बिम्सटेक सम्मेलन: भीभीआईपी आजदेखि काठमाडौं आउन सुरु, खुलामञ्चस्थित बसपार्क बन्द

कठमाडौं । बिम्सटेक सम्मेलनको पूर्व तयारी, ट्राफिक व्यवस्थापन र बसपार्क मर्मतका लागि भदौ १२ देखि १६ गतेसम्म बसपार्क बन्द हुने भएको छ । 

खुलामञ्चस्थित बसपार्कको गेटमा काठमाडौं महानगरपालिकाको यो सूचना टासेको छ । 

काभ्रे, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा जाने गाडी बसपार्कबाट छुट्थ्यो । बिमिस्टेकका नाममा ५ दिनका लागि खुलामञ्चको बसपार्क बन्द गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको हो ।  बसपार्क बन्द भएपछि अरनिको राजमार्ग हुँदै खुल्लामञ्च आउने ठूला यात्रुवाहक सवारी साधनलाई कोटेश्वबाटै ड्राइभर्सन गरी सातदोबाटो, कलङ्की, हुँदै नयाँ बसपार्क तर्फ पठाइएको छ। 

अरनिको तथा बिपी राजमार्ग भएर रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, ओखलढुंगा लगायतका जिल्लमा जाने यात्रुले ५ दिन सास्ती भोग्नुपर्ने भएको छ ।

तर, टिकट काट्न भने खुलामञ्चबाट नै लिनुपर्छ ।  

उपत्यकाभित्रका सवारी साधनलाई भने पार्किङ नगरी गाडी घुमाउन र यात्रु झार्न निर्देशन दिइएको छ ।

बिम्सटेक सम्मेलनको सुरक्षालाई मध्य नजर गर्दे उपत्यका बाहिर जान चाहने सवारी साधनले बिहान ६ बजेअघि नै अघिनै काठमाडौं उप्तयका बाट बाहिरजना पनि भनिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?