लोकपथ टप फिप्टिन हेडलाइन्स : चार जना नयाँ मन्त्रीको पद बहाल, जापानमा उर्जा संकटले बेहाल

लोकपथ
52
Shares

१  नवनियुक्त्त चार मन्त्री र एक राज्य मन्त्रीले लिए पद तथा गोपनियताको शपथ, सबैले आजै कार्यभार सम्माल्दै आफनो कार्यकाल उपलब्धीमुलक बनाउने प्रतिबद्धता व्यक्त ।

२  चौतर्फी विरोधपछि अमेरिकी पार्टनर्सिप प्रोगाम (एसपीपी) सम्झौता कार्यान्वयन गर्ने कुराबाट पछि हट्यो सरकार, एसपीपी नेपालमा लागू नगर्ने पत्र अमेरिकालाई पठाएको गृहमन्त्री बालकृष्ण खाणको भनाइ ।

३  एमाले महासचिव शंकर पोखरेलको , गठबन्धनले अर्थतन्त्र कमजोर पारेको आरोपप्रति प्रचण्डको खण्डन, नेपालको अर्थतन्त्रमा ओली नेतृत्वको सरकारको पालादेखि नै समस्या देखिएको जिकिर  ।

४  बजेटका बिषयमा उठेका प्रश्नलाई लिएर राजिनामा नदिने अर्थमन्त्री जनार्दन शर्माको भनाइ, बजेट केही मानिसलाई अनैतिक लागेकोले बदनाम गरिएको आरोप ।

५  इच्छाराज तामाङको मुद्दा मिलाउन घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित, कोइरालाले आचरण र कर्तव्यको इमान्दारीपूर्वक पालना नगरेको छानबिन समिति ठहर ।

६ अहिले दैनिक १० करोडको विद्युत भारतमा बेचिरहेको उर्जामन्त्री पम्फा भुसालको उदघोष, आगामी पाँच बर्ष पछि करिब ७० अर्बसम्मको विद्युत निर्यात गर्न सकिने भनाइ ।

७  प्रतिनिधीसभामा १ सय ६५ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको भनाइ, स्थानिय तह निर्वाचनमा ६० स्थानमा पार्टी पुगेको दाबी ।

८  महामारीको रुपमा फैलने सरुवा रोग हैजाको उपचार गर्न अस्पतालहरु तयारी अवस्थामा रहेको सरकारको भनाइ, खानेपानी र ढल एकै ठाउँमा हुदाँ हैजा फैलन सक्नेतर्फ सचेत रहन स्वास्थ विज्ञहरुको आग्रह ।

९  घरायसी सामान किन्न भारतीय बजार गएका २ नेपाली महिला बलात्कृत, भारतीय आपराधिक गिरोहले बलात्कार गरेको आशंका, चार भारतीय पक्राउ ।

१०  नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थाल्यो, पछिल्लो २४ घण्टामा थप ४१ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमित २०८ पुगे ।

११  आइतबार भारी अंकले बढेको सेयर बजारमा सोमबार दोहोरो अंकको गिरावट, नेप्से २३ दशमलव ८५ अंकले घट्दा २ अर्बमाथिको कारोबार, लगानीकर्ताको उत्साह एक दिन पनि टिकेन ।

१२  नेपालका लागि अमेरिकी राजदुत बेरीको कार्यकाल सकियो, नवराजदुत थम्सन नेपाल आउँदै, बेरिको कार्यकाल कुटनितिक रुपमा सफल रहेको ठहर ।

१३ जापानमा उर्जा संकटको संकेत, ३ करोड ७० लाख मानिसलाई बिजुलीको कम प्रयोग गर्न सरकारको आग्रह ।

१४  बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिता’ मंगलबारदेखि हुने, कीर्तिपुरस्थित बहुउदेश्यीय कभर्ड हलमा हुने पाँच दिने प्रतियोगितामा चार टिमको सहभागिता रहने ।

१५   न्युरोड टिम एनआरटी टीवाईटी कप फुटबलमा भाग लिन मलेसिया प्रस्थान, ३० जुन र २ जुलाईमा मलेसियामा हुने टीवाईटी कपमा दुई खेल खेलेपछि टोलीले थाईल्यान्डमा गएर ३ वटा मैत्रीपूर्ण खेल खेल्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?