आयोजक नेक्सस र अपन राधेमाई नेक्सस कप टी–२० काे फाइनलमा

लोकपथ
117
Shares

काठमाडौं । आयोजक नेक्सस क्रिकेट एकेडेमी यु–१६ नेक्सस कप टी– २० क्रिकेट प्रतियोगिताकोमा सोमबार फाइनल प्रवेश गरेको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा जारी प्रतियोगिताको सेमिफाइनलमा नेक्ससले ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसीए), लतिलपुरलाई २८ रनले पराजित गर्यो ।

जिएचसीएले टस जित्दै फिल्डिङ गर्ने निर्णय गरेको थियो । मूलपानी क्रिकेट मैदानमा नेक्ससले २० ओभर खेल्दै सबै विकेट गुमाएर ११० रन बनायो ।

नेक्ससका उत्तम थापा मगरले १ चौका र २ छक्का मद्दतमा ४५ बलमा ४४ तथा रोहन साहले २ छक्का सहयोगमा ४७ बलमा ३३ स्कोर गरे । जिएचसीएका अजय यादव र रुपेश यादवले २–२ विकेट लिए ।

जिएचसीएले १८.२ ओभरमा ८२ रनमा सवै विकेट गुमायो । जिएचसीएका लक्की कठायतले १७ रन बनाए । ‘म्यान अफ द म्याच’ नेक्ससका रोहन साहले ३ विकेट हात पारे ।

उपाधिका लागि नेक्ससले मंगलबार अपन राधेमाई युवा क्लबसंग खेल्ने छ ।

आइतबार भएको सेमिफाइनलमा राधेमाईले कैलालीको घोडाघोडी क्रिकेट एकेडेमीमाथि ९० रनको सहज जित दर्ता गर्दै फाइनल पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?