१ भाद्र २०७९, बुधबार

एसपीपी खारेज गराउन मेरो महत्वपूर्ण भूमिका छ : प्रचण्ड

२०७९,असार,१३,सोमवार १९:२८

99
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले शोधनान्तर घाटाको स्थिति आउनुमा केपी ओली नेतृत्वको पूर्ववर्ति सरकार जिम्मेवार रहेको बताएका छन् ।

सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक विचार गोष्ठिमा बोल्दै अध्यक्ष दाहालले वर्तमान शोधनान्तर घाटाको स्थितिको जिम्मेवार केपी ओली नेतृत्वको सरकार र तत्कालिन अर्थमन्त्री युवराज खतिवडा भएको बताएका हुन् ।

उनले नेकपा(एमाले)का महासचिव शंकर पोखरेलतर्फ लक्षित गर्दै आफू वामपन्थी तथा कम्युनिष्ट एकताको पहलकर्ता रहेको उल्लेख गर्दै बुर्जुवासँग मिलेर समाजवादको कुरा गरेको भन्न नमिल्ने बताए । उनले देशमा भएको राजनीतिक परिवर्तनलाई मन नपराउनेहरुले परिवर्तन अनुरुपको ऐन, कानुन निर्माण गर्न नचाहेको पनि बताए ।

अध्यक्ष दाहालले विगतमा नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा एमसीसीको बारेमा अध्ययन गर्न आयोग बनाउने प्रस्ताव आफूले राखेको कुरा हेक्का राख्न आग्रह गरे । उनले एमसीसीलाई व्याव्यात्मक घोषणामार्फत पारित गरेको उल्लेख गर्दै एसपीपीलाई खारेज गराउन आफुहरुले नेतृत्वदायी भुमिका खेलेको बताए ।

उनले कम्युनिष्टहरु हरेक विषयको वैज्ञानिक ढंगले विश्लेषण, संश्लेषण गर्न सक्षम हुने बताए । उनले कम्युनिष्टहरु बिग्रिएमा बिग्रिएको अण्डाजस्तै हुने टिप्पणी पनि गरे ।

प्रकाशित मिति: २०७९,असार,१३,सोमवार १९:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टी पदाधिकारीको बिहीबार टुंगो लगाउने भएको छ । बुधबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ५२ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । ६ हजार ३

बागमती । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुइटा अध्यादेश जारी गरेका छन् । बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएका

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उधोगीहरूको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् ।

ताजा समाचार

मोरङ कारागारमा शुद्ध खानेपानी जडान
 २०७९,भाद्र,१,बुधबार १७:०५