त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेक अन्य गोल्डेन गेटबाट फर्किनुपर्ने

काठमाडौं । त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेक अन्यलाई प्रवेश गर्न निषेध गरिएको छ ।

बिमस्टेक सम्मेलनको पाहुनाको आवागमन र सुरक्षालाई ध्यानमा राख्दै यात्रुबाहेकका व्यक्तिलाई प्रवेश निषेध गरिएको हो । 

विमानस्थलमा एक्लै जान सक्षम रहेका व्यक्तिलाई साथमा अन्य आफन्त तथा साथिभाई लिएर नआउन विमानस्थल प्रशासनले आग्रह गरेको छ भने असक्षम रहेका यात्रुले एकजनासम्म सहयेगी मात्र भित्र लिएर जान सक्नेछन् । अत्यावश्यक कारणले भित्र प्रवेश गरेका व्यक्तिले पनि १०-१५ मिनेटभित्रै विमानस्थल छोड्नुपर्ने नियम बनाइएको छ । 

भाडाका ट्याक्सीलाई पनि विमानस्थलको गोल्डेन गेटभित्र प्रवेश गर्न पनि निषेध गरिएको छ । निजी सवारी लिएर जानेले पनि यात्रु छाडेर सिधै फर्किनुपर्ने भएको छ ।
विमानस्थलभित्र प्रवेश अनुमति पास भएकाहरुलाई भने भित्र प्रबेश गर्ने दिइने छ । 

होटल, ट्राभल लगायतका गाडीलाई पनि ५ देखि १० मिनेटका लागि मात्र विमानस्थलभित्र राखिने भएको छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?