धेरै योजनाहरु भएपनि बजेट अभावकै कारण मन्त्रालयले काम गर्न सकेन : मन्त्री रेग्मी

लोकपथ
78
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एउटा प्रोजेक्ट जस्तो भएको बताएकी छिन् ।

सोमबार राष्ट्रियसभामा विनियोजित बजेटको विषयमा संसदहरुले उठाएको प्रश्नको विषयमा जवाफ दिँदै मन्त्री रेग्मीले यस्तो बताएकी हुन् । उनले महिला, बालबालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति र लैङ्गिक अल्पसंख्यक गरी ७५ प्रतिशतभन्दा बढी जनसंख्याको अभिभावकत्व वहन गर्ने मन्त्रालयमा बजेट एकदमै कम भएको गुनासो गरिन् । मन्त्री रेग्मीले मन्त्रालयको बजेट एउटा कुनै एक प्रोजेक्टको जति रहेको बताइन् । उनले स्थानीय तहका एउटा नगरपालिकाले ४ अर्बसमेत बजेट पाउने गरेको तर महिला मन्त्रालयमा १ अर्बको मुख देख्नसमेत मुस्किल रहेको बताइन् । उनले धेरै योजनाहरु भएपनि बजेट अभावकै कारण मन्त्रालयले काम गर्न नसकेको स्पष्ट पारिन् ।

संसदहरुले मन्त्रालय खोरजको माग राखेपछि मन्त्री रेग्मीले महिला,बालबालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति र लैङ्गिक, अल्पसंख्यकको अभिभावक भएकाले मन्त्रालय खारेज गर्नु नहुने बताइन् । उनले मन्त्रालयले भूमिका धेरै भएपनि बजेट अभाव रहेको बताइन् । मन्त्री रेग्मीले महिला बालबालिका मन्त्रालयले स्थानीय तह पालिकाहरुमा पठाएको बजेट पालिकाहरुले खर्च गर्न नसक्दा बजेट फ्रिज भएको बताइन् । उनले स्थानीय तह पालिकाहरुले महिला,बालबालिका र ज्येष्ठ नागरिकका विषयमा काम गर्न नसकेको बताइन् ।

मन्त्री रेग्मीले महिला बालबालिका मन्त्रालयका महिला विकास जस्ता विभागहरु खारेज गर्दा मन्त्रालय काम गर्ने कुराहरु नकारात्मक प्रभाव परेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?