राष्ट्र बैंकले पुन: १५ अर्ब रुपैयाँको बिकास ऋणपत्र बिक्री गर्ने

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुन: १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । मंगलबार पाँच बर्षे अवधिको बिकास ऋणपत्र २०८४ “ज” (५ बर्षे) बोलकवोलको माध्यमद्धारा बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ऋणपत्र खरिद गर्न सक्ने छन् । ऋणपत्र खरिदको लागि मंगलबार अपरान्ह तीन बजेसम्म बोलकवोल पेस गरिसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

निष्काशनअसार १५ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिती २०८४ असार १५ तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने छ । खरिद गरिएको ऋणपत्रमा अर्धबार्षिकरुपमा ब्याज भुक्तानी हुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने राष्ट्र बैंकको भनाइ छ ।

खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने र बिक्री गरिने कुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड र दुई अर्ब २५ करोड छुट्ट्याइएको छ । खरीद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने छ ।

राष्ट्र बैंकका अनुसार ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यी बाहेकका बाँणिज्य बैंक, बिकास बंैक र फाइनान्स कम्पनीहरुले भने अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् । प्रतिस्पर्धी बोलवालाले खरीद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडिदुई अंकसम्म मात्र) उल्लेख गर्नु पर्नेछ भने अप्रतिस्पर्धी बोलवालाले खरीद गर्न चाहेको रकम मात्र उल्लेख गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?