किन बेच्दैछन् कपूर परिवारले सत्तरी वर्ष पुरानो आरके स्टुडियो?

मुम्बई । मुम्बईस्थित आरके स्टुडियो विक्री हुने भएको छ । सत्तरी वर्ष पुरानो यो ऐतिहासिक स्टुडियोमा गतवर्ष भिषण आगलागी भएको थियो। योसँगै यसको एक ठूलो हिस्सा जलेर ध्वस्त भएको थियो ।

आर के स्टुडियो बेच्ने बारेमा बोल्दै ऋषि कपूरले भने, ‘कपूर परिवारको यो स्टुडियोसँग निकै नजिकको सम्बन्ध छ, आउने पुस्तालाई भने यसबारेमा केही थाहा छैन, छातिमा ढुंगा राखेर यो फैसला लिन परेको छ ।’

परिवारका अनुसुार यसको पुनर्निर्माण आर्थिक रुपमा गाह्रो छ ।

शौमेन राजकपूरले सन् १९४८ मआ उपनगरीय क्षेत्र चेम्बूरमा यसको स्थापना गरेका थिए । राज कपूरले कैयन् फिल्मको निर्माण यही स्टुडियोमा गरेका थिए ।

पछिल्लो साल सेप्टेम्बरमा रियालिटी शो सुपर डान्सरको सेटमा आगो लागेको थियो । जसका कारण स्टुडियोको ग्राउन्ड फ्लोर नष्ट भएको थियो । उक्त घटनामा कोही हताहत भएका भने थिएनन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?