२६ श्रावण २०७९, बिहीवार

असार १५ गते पोखरामा १७औं असारे महोत्सव हुने

२०७९,असार,१३,सोमवार १८:०५

0
Shares

पोखरा । कोरोनाका कारण २ वर्ष स्थगित भएको असारे महोत्सव यो वर्ष पुनः सञ्चालन हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा हरेक वर्ष पोखरामा महोत्सव हुने गरेको थियो । तर कोरोना संक्रमणले २ वर्ष रोकिएकोमा अहिले पुनः निरन्तरता दिन लागिएको हो ।

यो वर्षको महोत्सव पोखरा १५ हेमजामा हुनेछ । टमाइस्थानमा रहेको करिब १० रोपनी क्षेत्रफलमा महोत्सव गर्न लागिएको परिषद्का अध्यक्ष गोपी भट्टराईले जानकारी दिए ।

महोत्सवबारे पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । हेम्जाका तुलसी पौडेल, अग्निधर पौडेल, डिल्लीराम नेपाली, कृष्ण बहादुर कुँवर, मैना केसी र प्रकाश पौडेलको खेतमा परिषद्ले रोपाई महोत्सव गर्न लागेको भट्टराईको भनाई छ ।

पोखरा सबै मौसममा घुम्ने बनाउन विभिन्न इभेण्ट आयोजना हुँदै आएको छ । बर्खाको समय पोखरामा पर्यटक कम हुने समय हो । त्यसैले पर्यटकलाई हरेक समय उपयुक्त छ भन्ने बनाउन महोत्सवको परिकल्पना गरिएको भट्टराई बताउँछन् ।

यसबाहेक सहरमा बस्ने नयाँ पुस्तालाई खेती प्रणालीका बारेमा जानकारी दिने उद्देश्य राखिएको छ । खेती योग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायीकरण गर्दै कृषकलाई आफ्नो पेसाप्रति अभिप्रेरित गर्न महोत्सव गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, दौड, असारे गीत तथा रोपाइँ प्रतियोगिता, नेपाली र विदेशीलाई हिलोमा दौड प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायतका कार्यक्रमहरू हुने महोत्सवका संयोजक तथा परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए ।

साउने प्रतियोगिता, असारे रोपाई र तीन प्रतियोगिताको प्रथम र दोस्रो हुनेले क्रमशः ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । महोत्सवमा ५ सय विदेशी सहित करिब १० हजारको उपस्थिति रहने आयोजकको अपेक्षा छ ।

प्रकाशित मिति: २०७९,असार,१३,सोमवार १८:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भक्तपुर र ठिमी नगरपालिकाले आज जनैपूर्णिमा र भोली गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा तीन जना गाउँ प्रहरीका लागि ३५ जनाको आवेदन परेको छ । गाउँ कार्यपालिकाको गत ५

काठमाडौं । सर्वोच्च अदालतले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन

लमजुङ । लमजुङमा तीन हजार तीन सय २७ नयाँ मतदाता थपिएका छन् । जसमा एक हजार सात सय ७६ पुरुष

ताजा समाचार

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
 २०७९,श्रावण,२६,बिहीवार ११:३२
वेस्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड विजयी
 २०७९,श्रावण,२६,बिहीवार ११:२९
९ वर्षपछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन
 २०७९,श्रावण,२६,बिहीवार ११:००
चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु
 २०७९,श्रावण,२६,बिहीवार १०:५९
आजबाट सुपर डान्सर नेपाल
 २०७९,श्रावण,२६,बिहीवार १०:५४