बिम्सटेकका पाहुना : भारतका मोदीदेखि भुटानका वाङचुकसम्म को कस्तो ?

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) मुलुकका राष्ट्र/सरकार प्रमुखहरुको चौंथो शिखर सम्मेलन आर्को साता नेपालमा हुँदैछ । बिमस्टेक सम्मेलन यही भदौ १४ र १५ गतेका लागि तय भएको हो । 

शिखर सम्मेलनमा नेपालका प्रधानमन्त्री ओली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले भाग लिदैछन् । 

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली

खड्ग प्रसाद शर्मा ओलीको छोटकरी नाम हो, केपी शर्मा ओली । उनी नेपालका राजनीतिज्ञ तथा वर्तमान (४१ औं) प्रधानमन्त्री हुन् । 

यस अघि २०७२ मा उनी पहिलो पटक प्रधानमन्त्री बनेका थिए । ओली नेकपाका वर्तमान अध्यक्ष पनि हुन् । उनले नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री समेतको पद सम्हालिसकेका छन् । ओली विसं २०४८ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

उनी वि सं २०५१ देखि २०५२ सम्म गृहमन्त्री थिए। विक्रम संवत् २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्रमन्त्री भएका थिए। उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै विसं २०७२ असोज २४ गते नेपालको प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका हुन् ।

उनी भाषण गर्दा उखान टुक्कालाई प्रयोग गरेर हाँस्यरसलाई मिसाउन माहिर छन् ।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

नरेन्द्र मोदीको पूरा नाम नरेन्द्र दामोदरदास मोदी हो । मोदी गणतन्त्र भारतको वर्तमान प्रधानमन्त्री हुन् । वि.स १९५० सेप्टेम्बरमा भारतको गुजरातमा जन्मेका मोदी भारतीय राजनीतिज्ञ तथा भारतीय जनता पार्टीका नेता हुन् ।

सन् २०१४ को लोकसभा चुनावमा भारतीय जनता पार्टीले बहुमत ल्याएपछि उनी भारतको प्रधानमन्त्री बनेका हुन् । उनी स्वतन्त्र भारतको १५औं प्रधानमन्त्री हुन् तथा यस पदको जिम्मेवारी सम्हाल्ने स्वतन्त्र भारतमा जन्मेका प्रथम व्यक्ति हुन् ।

गुजरात विश्वविद्यालयबाट राजनीति विज्ञानमा स्नातकोत्तर डिग्री प्राप्त नरेन्द्र मोदीलाई ‘विकास पुरुष’को उपनाम दिइएको छ । वर्तमान समयमा भारतको सबैभन्दा लोकप्रिय नेताहरू मध्ये उनी एक हुन् । 

भारतको प्रधानमन्त्री हुनु भन्दा पहिले उनी भारतीय राज्य गुजरातको १४ औं मुख्यमन्त्रीको रुपमा रहेका थिए । सामाजिक सञ्जाल साइट ट्वीटरमा सबैभन्दा बढी फलोअर भएको भारतीय नेता हुन् । 

नरेन्द्र मोदी एउटा राजनेतामात्र नभइ कवि पनि हुन् । उनी गुजराती भाषावाहेक हिन्दीमा समेत राष्ट्रप्रेमका कविताहरू लेख्छन् । 

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद

शेख हसिना दक्षिण एसियाली राष्ट्र बङ्गलादेशको वर्तमान प्रधानमन्त्री हुन् । उनको जन्म सन् १९४७ सेप्टेम्बर २८मा पूर्वी बङ्गालको तुन्जीपारा भन्ने ठाउँमा भएको थियो । हसिना बांग्लादेशको पहिलो राष्ट्रपतिकी छोरी हन् । उनी चार दशक भन्दा लामो समय देखि निरन्तर राजनीतिमा छिन् ।

उनले सन् १९८६ देखि १९९० र १९९१ दखि १९९५ सम्मविपक्षी नेताको रुपमा राजनीति गरेकी थिइन् । सन् १९९६मा प्रधानमन्त्री भएपछि २००१ सम्मउनले कार्यभार सम्हालेकी थिइन् । सन् १९८१ मा उनले बंगलादेश अवामी लिगलाई नेतृत्व गरेकी थिइन् । २००८ मा फेरि उनी प्रधानमन्त्रीमा निवार्चित भइन् । संविधानको प्रमुख नियमहरूको उल्लङ्घन गरी उनी २०१४ जनवरी मा तेस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भइन् । 

आफ्नो बुबाको राजनीतिमा सक्रिय रहेकाले उनले आफू डरमा हुिर्कएको बताएकी छिन् । हसिनाको बुबाको अगष्ट १५, १९७५ मा हत्या भएको थियो । 
हसिनालाई संसारको सबैभन्दा शक्तिशाली महिलामध्ये एक मानिएको छ । फोब्र्सले २०१७ मा सार्वजनिक गरेको प्रतिवेदनमा उनी सबैभन्दा शक्तिशाली महिलाहरूको सूचीमा ३० औं स्थानमा छिन् । हसिना विश्वमहिला नेताहरूको परिषद्को सदस्य पनि हुन् । 

बङ्गलादेशका जनरल एरशादको सैन्य शासनको विरुद्ध अभियानका कारण उनी धेरै पटक जेल पनि गएकी छिन् । शेख हसिनालाई भ्रष्टाचारको आरोप पनिलगाइएको थियो । भ्रष्टाचारको आरोपमा उनी धेरै पटक प्रहरीको हिरासतमा रात बिताउन परेको थियो । 

हसिनाको सरकारले रोहिंग्या शरणार्थीलाई अस्थायी आश्रय दिएका छन् । हसिनाले म्यानमारको मुुस्लिम विरुद्ध हिंसाको अन्त गर्न पनि आग्रह गरेकी थिइन् । नेपालका लागि उनको यो पहिलो भ्रमण हो । 

भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक

ल्योन्पो छिरिङ वाङचुक भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार हुन् । 

वाङचुकले कानून विषयमा जर्ज वाशिंगटन युनिभर्सिटीमा मास्टर्स गरेका छन् भने दिल्ली विश्वविद्यालयबाट पनि उनले कानूनमा अर्को डिग्री लिएका छन् । 

वाङचुकले १९८७ मा उच्च अदालतमा एक प्रशिक्षकको रूपमा काम गरेका थिए । सन् १९९० देखि १९९५ उनले रोयल भुटान सेनाको लेफ्टिनेन्टको रूपमा सेवा गरे । उनले सन् १९९३ देखि १९९९ सम्म उच्च अदालतमा न्यायाधीशहरुको अधिकारीका रूपमा सेवा गरे । 

सन् २०१० मा उच्च अदालतको न्यायाधीश भए । सन् २०१४ नोवेम्बर मा उनलाई भुटानको राजाले देशको मुख्य न्यायाधीशमा नियुक्त गरे । अगष्ट ९, २०१८ मा उनी अन्तरिम सरकारका प्रमुख सल्लाहकारको रुपमा नियुक्त भएका हुन् । 

थाइल्याण्डका प्रधानमन्त्री प्रयुक्त चान–ओचा

प्रयुक्त चान–ओचा थाई राजनीतिज्ञ, रोयल थाइ आर्मीका रिटायर जनरल अफिसर, राष्ट्रिय शान्ति र अर्डरका प्रमुख र तत्कालीन थाइल्याण्डको प्रधानमन्त्री हुन् । 

प्रयुक्त एक बलियो राजवादी र पूर्व प्रधानमन्त्री थक्सिनशिना वात्राको विरोधी पनि हुन् । उनले संसदीय दलको चुनाव २०११ मा जितेका हुन् । 

नोभेम्बर २०१३ को राजनीतिक संकटकालको सुरुवात भएको थियो । यिङलकको सरकारी सुरक्षा विरोधमा प्रदर्शन भएको थियो । त्यस बेला प्रयुक्तले सेनाहरु तटस्थ रहेको दाबी गरेका थिए । तर त्यसबेला बलपूर्वक  शासनले पनि केही परिवर्तन गर्न सकेन । तर पछि उनलाई गैर–लोकतान्त्रिक रूपले प्रधानमन्त्रीमा नियुक्त गरिएको मानिएको छ । उनको नियुक्त पछि एक किसिमको विवाद उत्पन्न भएको थियो । 

प्रधानमन्त्री प्रयुक्तले थाइल्याण्डको आर्थिक अवस्था तलतिर आउनुमा सरकारको जिम्मेवार नभएको दाबीगर्दे आएका छन् । उनको लक्ष्य भनेको थाइल्याण्डलाई मध्य अर्थ व्यवस्थाबाट माथि लिएर जाने रहेको छ । 

किसानहरूलाई सहायता गरेर कम मूल्यमा गुणस्तरीय उत्पादनहरू उत्पादनगर्न थाइ उद्योगलाई प्रोत्साहन गर्ने उनको योजना भित्र पर्छ । प्रयुक्तलाई पागल र अस्थिर रूपमा चित्रित गरिएको छ । 

श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना

सन १९५१ मा सेप्टेम्वरमा जन्मेका मैथ्रिपाला सिरिसेना श्रीलंकाको राजनीतिज्ञ, ७ औं र तत्कालीन राष्ट्रपति हुन् । उनी एक कृषिविज्ञ हुन् र श्रीलंकाको र श्रीलंकाको राजनीतिक कुलीन वर्गसँग उनको परिवारको कुनै पनि सम्बन्ध छैन । 

सिरिसेनाले १९८९ देखि राजनीतिको यात्रा तय गरेका हुन् । उनले श्रीलंकाको संसदमा रहेर विभिन्न मन्त्रालयमा योगदान दिएका छन् । उनी श्रीलंका स्वतन्त्र पार्टीका महासचिव पनि हुन् । उनी नोभेम्वरमा २०१४ मा स्वास्थमन्त्रीमा चयन भएका थिए । सन् २०१५ को राष्ट्रपति निर्वाचनमा उनी राष्ट्रपति पदको लागि दाबेदार थिए । 

चुनावमा उनको विजय एक आश्चर्यको विषय भयो । सिरिसेनाले विपक्षी राजापक्ष हराएका थिए । 

म्यानमारका राष्ट्रपति विन मिन्ट

विन मिन्ट बर्मी राजनीतिज्ञ र पूर्व राजनीतिक कैदी हुन् । उनी ३० मार्च २०१८ देखि म्यानमारको १० औं राष्ट्रपतिको रुपमा सेवा गरिरहेका छन् । सन् २०१६ देखि २०१८ सम्म उनी प्रतिनिधि सभाका अध्यक्ष थिए । उनले २०१२ देखि २०१८ सम्म प्रतिनिधि सभाको संसद पनि थिए ।

उनले र भूगोलमा विज्ञानका विद्यार्थी हुन् । उनले कलेजबाट डिग्री पुरा गरे पछि १९८१ मा उच्च अदालतको वरिष्ठ वकिल भए त्यस लगत्तै सर्वोच्च अदालतको वकिल । उनी १९८५ मा उच्च अदालतको अधिवक्ता भएका थिए । उनी जेल जीवन पनि बिताएका छन् । 

उनी जेलबाट बाहिर आएपछि सन् १९९० मा सामान्य निर्वाचनमा बहुमतले जित हाँसिल गरेका थिए । तर उनलाई सिट भने दिइएन । त्यसपछि उनी २०१२ मा निर्वाचनमा जितेर राजनीतिमा आए । उनी सचिव संसदको नियम कानून समितिमा थिए । २०१५ को म्यानमारको निर्वाचनमा उनी सांसद भए । २०१८ मार्चमा भएको राष्ट्रपतिको निर्वाचनमा ६ सय ३६ सांसदहरु मध्ये ४ सय ३ जनाले उनको लागि मत हालेका थिए ।  मिनटले १७ अप्रिल २०१८ मा ८ हजार पाँच सय ५१ जना विदेशी र ३६ राजनीतिक कैदीहरुलाई क्षमादान गरेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?