२३ श्रावण २०७९, सोमवार

दश जना युवा क्रिकेटरलाई जिम्बु थकालीद्वारा छात्रवृत्ति प्रदान

२०७९,असार,१३,सोमवार २०:४५

0
Shares

काठमाडौं । काठमाडौंमा सञ्चालनमा रहेको जिम्बु थकालीले १० युवा क्रिकेटरलाई छात्रवृत्ति प्रदान गरेको छ ।

राजधानी स्थित बालुवाटारमा रहेको क्रिकेट एक्स्लिसेन्स सेन्टरमा प्रशिक्षणरत १० युवा खेलाडीलाई थकालीले सहयोग गरेको हो ।

जिम्बु थकाली र क्रिकेट एक्सिलेन्स सेन्टरका बीच छात्रवृत्तिका सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर सम्मत भएको छ ।

एक्सिलेन्स सेन्टरका तर्फबाट संस्थापक तथा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र जिम्बु थकालीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रभु शरण थापा मगरले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुरूप क्रिकेट एक्सिलेन्स सेन्टरमा प्रशिक्षणरत १० युवा खेलाडीहरूले जिम्बु थकालीको तर्फबाट एक वर्षको अवधिका लागि छात्रवृत्ति प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २०७९,असार,१३,सोमवार २०:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागि हुन सिके राउत नेतृत्वको जनमत पार्टी (जपा) निर्वाचन आयोगमा एक नम्बरमा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिदमा १२६ रुपैयाँ ४८ पैसा र बिक्रीमा १२७ रुपैयाँ ०८ पैसा रहेको

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ । आइतबार एक कार्यक्रम आयोजना

खोटाङ । पहिरो पन्छाएपछि खोटाङको हुर्लुङ–जालपा सडक सुचारु भएको छ । रावाबेँसी गाउँपालिका–६ हौंचुरको पोखरीमा खसेको पहिरो पन्छाइएपछि सडक सुचारु

ताजा समाचार