२६ श्रावण २०७९, बिहीवार

हैजा रोगबारे सरकार गम्भीर बन्नुपर्छ : नविना लामा

२०७९,असार,१३,सोमवार १६:५५

36
Shares

काठमाडौं । नेकपा एमालेकी सांसद नविना लामाले हैजा रोग न्यूनिकरणको लागि सरकार गम्भीर बन्नुपर्ने बताएकी छिन् ।

सोमबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसद लामाले अहिले काठमाडौंमा हैजाको समस्याले जनताहरु त्रस्त भइरहेको भन्दै सरकार यसमा गम्भीर बन्नुपर्ने बताएकी हुन्। उनले काठमाडौंमा विशेष गरेर बालबालिकाहरुमा हैजाको समस्या देखा परेको भन्दै सामान्य जनताले महंगीको बेलामा सुलभ उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरिन्। सांसद लामाले सरकारले हैजाको बारेमा मूल्यवृद्धिको चापमा परेका जनताको समस्यालाई बुझ्ने गरेर उपचार हुने व्यवस्था गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘अहिले विशेष गरेर बच्चाहरुमा झाडा पखाला, हैजाजस्ता रोगहरु लागिरहेको छ । त्यो पनि काठमाडौंमा बच्चाहरुमा धेरै देखिएको छ । यसको बारेमा सामान्य जनताले यस्तो महंगी र मूल्यवृद्धिको बेलामा चुलो बाल्न मुस्किल भएको बेलामा यस्तो रोग आउँदा उपचार पाउँछ कि पाउँदैन ? यस्तो त्रासमा जनता छन् । सरकारको योजना के छ ? त्यसको बारेमा गम्भीर बन्नुपर्छ ।
रोकथामको निम्ति सरकारले रोगलाई न्यूनिकरण गर्नको निम्ति विभिन्न जनचेतनामुलक कार्यक्रमहरु प्रादेशिक तहदेखि वडासम्म पु¥याउन यसको योजना तथा कार्यक्रम बनाएर अघि बढ्नुपर्छ ।’

सांसद लामाले हैजा रोकथाम र न्यूनिकरणका लागि प्रदेशदेखि स्थानीय तहसम्म जनचेतनामुलक कार्यक्रमहरु गर्नुपर्ने बताए ।

प्रकाशित मिति: २०७९,असार,१३,सोमवार १६:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । तीन दिने चीन भ्रमणका रहेका परराष्ट्र मन्त्री डा.नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ ।

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न पाँच दलीय गठबन्धनले निर्माण

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणा पत्र मस्यौदा समिति चयन गरेको छ

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा यसको परिणाम सेवाग्रहीले भोग्नु परेको छ । स्थानीय तह

ताजा समाचार

वेस्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड विजयी
 २०७९,श्रावण,२६,बिहीवार ११:२९
९ वर्षपछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन
 २०७९,श्रावण,२६,बिहीवार ११:००
चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु
 २०७९,श्रावण,२६,बिहीवार १०:५९
आजबाट सुपर डान्सर नेपाल
 २०७९,श्रावण,२६,बिहीवार १०:५४