भारतका धेरै ऊर्जा उत्पादन गर्ने कम्पनी टाट पल्टिने

एजेन्सी : भारतको जिन्दल एन्ड टेलिकम टावर कम्पनी जीटीएलएनएसई–३.८५प्रतिशत र पेट्रोलियम रसायल उत्पादन कम्पनी जेबीएफएनएसई–४.८८ प्रतिशत अन्तर्गतका कम्पनीहरू टाटपल्टिने अवस्थामा पुगेको देखिएको छ ।

बैंकहरूलाई आफ्नो खराब कर्जालाई समाशोधन गर्न केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले दिएको समय सीमा सकिन लागेकोले यस्ता कम्पनीहरू टाटपल्टिने सम्भावना बढेर गएको देखिएको हो ।

बैंकहरूले यसबारे केही नगरे ती कम्पनीहरू आफै टाटपल्टिने छन् ।

अबको १५ दिनमा यसबारे गर्नुपर्ने कारबाही पूरा गरिसक्नुपर्ने छ ।

२० अर्ब भारु भन्दा बढी बराबरको ऋण चुक्ता नगर्ने कम्पीहरूको संख्या करिब ४० रहेको छ ।

उनीहरूले यसको समाधान खोज्ने उपायबाट उम्किदै आएका छन् ।

आरबीआईले यस्ता बैंकहरूलाई १८०दिनको समय तोकेको थियो । त्यो समय अगस्ट २७मा समाप्त भयो ।

अबको १५ दिन भित्र बैंकहरूलाई ऋण असुल गर्न कानुनी प्रक्रियामा जानुपर्नेमा हुन्छ ।

यो समयमा कम्पनीहरूले ऋणदाता बैंकसँग कुनै समाधान खोजिसक्नु पर्नेछ ।

बैंकहरूले नयाँ शर्तको पालना गर्न अस्वीकार गरे आरबीआईले गम्भीर कारबाही गर्ने चेताइसकेको छ ।

स्टेट बैंक अफ इन्डियाबाट ऋण लिने कम्पनीहरू यसको समाधान खोजिरहेका छन् ।

केएसके महानदी, प्रयागराज पावर, जीपी पावर भेन्चर, एसकेएस पावर, झाबुआ पावर र कोस्टल इनग्रेजस्ता कम्पनी समाधानको खोजीमा रहेकाछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?