२६ श्रावण २०७९, बिहीवार

लिफ्ट दिँदा कुटिएका कर्मचारीको कार भेटियो

२०७९,असार,१३,सोमवार १६:५०

387
Shares

काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको भारतीयबाट लुटिएको भनिएको कार भेटिएको छ ।

कैलालीको गोदावरी नगरपालिका १ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने भित्रि सडकखण्डमा बेवारिसे अवस्थामा कार फेला परेको प्रहरीले जनाएको छ ।

गोदावरी नगरपालिका ४ स्थित गाईमारे भन्ने स्थानमा भण्डारीलाई कुटपिट गर्दै कार लुटपाट भएको थियो । कञ्चनपुकोर भिमदत्त नगरपालिकाबाट डडेलधुराको आलितालतर्फ जाँदै गर्दा बेदकोट नगरपालिका ३ बस्ने भण्डारीले चलाएको कार लुटिएको थियो ।

उनले चलाईरहेको प्रदेश ०३–०१–०२३ च ८७२१ नम्बरको सिल्भर रंगको सुजुकी कारलाई सोही कारमा लिफ्ट मागेर चढेका ३ जनाले सोमबार बिहान लुटेका थिए ।

चालकलाई फोटो खिच्ने बाहानामा सडक देखि ५० मिटर तल लगी कुटपिट गरी हातखुट्टा बाँधेर सडकबाट तल फाली मोबाइल र पैसासहित कार लुटेर भागेका थिए ।

प्रकाशित मिति: २०७९,असार,१३,सोमवार १६:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कर्णाली । कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ। जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत,

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा तीन जना गाउँ प्रहरीका लागि ३५ जनाको आवेदन परेको छ । गाउँ कार्यपालिकाको गत ५

अछाम । अछामका १० वटा पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले संघीय सरकारबाट डेढ अर्ब रुपैयाँभन्दा बढी बजेट प्राप्त गरेका

लमजुङ । लमजुङमा तीन हजार तीन सय २७ नयाँ मतदाता थपिएका छन् । जसमा एक हजार सात सय ७६ पुरुष

ताजा समाचार

प्रभावकारी बन्दै नियमित बजार अनुगमन
 २०७९,श्रावण,२६,बिहीवार १२:०५
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
 २०७९,श्रावण,२६,बिहीवार ११:३२
वेस्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड विजयी
 २०७९,श्रावण,२६,बिहीवार ११:२९