रामचन्द्र पौडेलको प्रश्न : रामकुमारी झाँक्रीलाई रुवाएर आउँछ समाजवाद ?

लोकपथ
104
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुको व्यवहार र आचरणमा समाजवाद नआइकन देशमा समाजवाद नआउने बताएका छन् ।

काठमाडौंमा आज आयोजित नेपालमा समाजवाद चुनौती र सम्भावना विषायक कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेता पौडेलले आफूहरुको चरित्र, आचार र व्यवहारमा समाजवाद छ कि छैन भन्दै प्रश्न गरे । त्यसैगरी नेकपा एकीकृत समाजवादीतिर इंगित गर्दै नेता पौडेलले निरन्तर मन्त्रीहरु फेरेर समाजवाद नआउने टिप्पणी गरे । साथै रामकुमारी झाँक्रीहरुलाई रुवाएर समाजवाद आउँछ भन्दै प्रश्न समेत गरे ।

‘रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?’ उनले भने, ‘हामी समाजवादतिर गइरहेका छौं कि कता गइरहेका छौं, हाम्रो चरित्र, आचार र व्यवहारमा समाजवाद छ कि छैन, त्यो महत्वपूर्ण छ ।’

त्यसैगरी उनले आगामी दिनमा देशमा समाजवाद ल्याउनका लागि सबैको संस्कार, नेता र कार्यकर्ताहरुको व्यवहार बदलिनपर्ने बताए ।

‘अब हाम्रो संस्कार बदलिनुपर्छ, नेता बदलिनुपर्छ, कार्यकर्ता बदलिनुपर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?