गाडीमा लिफ्ट दिँदा गाडी नै लुटेर टाप !

लोकपथ
429
Shares

कैलाली । डडेलधुराकाे आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी कार्यालय जाने क्रममा आज बिहान लुटिएका छन् ।

लोकेन्द्रसिंह भण्डारीका अनुसार कैलालीको महेन्द्रनगरबाट आलिताल गाउँपालिका जाने क्रमामा लिफ्ट मागेका ३ जनाले उनकै गाडी लुटेका हुन् । भीमदत्त राजमार्गअन्तर्गत कैलालीको गोदावरीमा उनी लुटिएका हुन् ।

कञ्चनपुर बेदकोट नगरपालिका-३ बस्ने ३७ वर्षीय भण्डारीले चलाएको प्रदेश ३-०१-०२३ च ८७२१ नम्बरको कार उनीहरुले लुटेर भागेका हुन् ।

लिफ्ट मागेर आएका ३ जनाले गोदावरी-४ दाइमारेमा आइपुगेपछि फोटो खिच्ने बहानामा ती ३ जनाले भण्डारीकाे हातमुख बाँधेर टाउकाेमा ढुंगाले हानेर गाडी लिएर भागेका हुन् ।

घाइते भण्डारीको पद्या अस्पताल अत्तरियामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?