२६ श्रावण २०७९, बिहीवार

नेपाल विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बन्न थाल्यो : कमल थापा (भिडियोसहित)

२०७९,असार,१३,सोमवार १६:०८

18
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाल विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बन्न थालेको बताएका छन् ।

काठमाडौंमा सोमबार राप्रपा नेपालका युवाहरुलाई सम्बोधन गर्दै अध्यक्ष थापाले लोकतन्त्र स्थापनाको १६ वर्षमा देशको अवस्था फर्केर पुरानै अवस्थामा आइपुगेको बताए। उनले पछिल्लो समय देशको राजनीति केही राजनैतिक दलका नेताहरुको कब्जामा रहेको बताए। अध्यक्ष थापाले देशलाई आफ्नो मुठीमा लिएका केही नेताहरुले सर्वसत्तावाद लाद्न थालेको आरोप लगाए। दलका नेताहरुको कारण राष्ट्रियतासमेत खतरामा परेको बताए। कमजोर बनिरहेको राष्ट्रियतामा विदेशी शक्ति केन्द्रको चलखेल र प्रभाव वीरहेको बताए। उनले नेपाल विदेशी शक्तिको रणनैतिक प्रतिष्पर्धास्थल बनेको बताए ।

अध्यक्ष थापाले नेपालमा धर्म परिवर्तन डढेलो जसरी फैलिरहेको बताए। यसले नेपालीको एकताको आधार भत्काउन थालेको बताए। यस्तै अध्यक्ष थापाले आगामी संघीय निर्वाचनमा राप्रपा नेपाललाई जसरी पनि राष्ट्रिय पार्टी बनाउने गरेर काम गर्नुपर्ने बताए। राप्रपा नेपालका कार्यकर्ताले मिहेनत गरेर भएपनि ३ प्रतिशतको थ्रेसहोल्ड कटाएर पार्टीलाई राष्ट्रिय पार्टी बनाउने गरी सबैले प्रचार प्रसार अभियान थाल्नुपर्ने बताए ।

राप्रपा नेपालले प्रदेश स्तरीय स्वयंसेवकमार्फत पार्टीका एजेण्डाहरुलाई जनतामाझ लैजान एकदिने प्रशिक्षण दिएको छ । यसरी खटिने स्वयंसेवकले वडा स्तरमा समेत कमिटी गठन गर्ने, भेला गर्ने, प्रचारप्रसार गर्ने र संगठन निर्माण गर्ने केन्द्रिय प्रशिक्षण विभाग प्रमुख सुशील श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: २०७९,असार,१३,सोमवार १६:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न पाँच दलीय गठबन्धनले निर्माण

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणा पत्र मस्यौदा समिति चयन गरेको छ

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा यसको परिणाम सेवाग्रहीले भोग्नु परेको छ । स्थानीय तह

१. देशभर निर्वाचनको माहोल तात्दै, निर्वाचन प्रयोजनको लागि आयोगले आह्वान गरेअनुसार आज चौथो दिन पनि दल दर्ता जारी, आज थप

ताजा समाचार

आजबाट सुपर डान्सर नेपाल
 २०७९,श्रावण,२६,बिहीवार १०:५४