२६ श्रावण २०७९, बिहीवार

अन्तर्राष्ट्रिय विभाग प्रमुखमा पाँडेको नियुक्ति विधान विपरीत नभएको एन्फाको प्रस्टोक्ति

२०७९,असार,१३,सोमवार १६:०९

81
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नवीन पाँडेलाई नियुक्त गर्दा विधान नमिचेको बताएको छ ।

बुढानीलकण्ठस्थित पार्क भिलेजमा ६ असारमा भएको एन्फाको चुनावी साधारण सभाले पंकज विक्रम नेम्बाङलाई नयाँ अध्यक्षमा घोषणा गरेको थियो । दुई दिनपछि शपथसँगै बसेको एन्फाको कार्यसमिति बैठकले पाँडेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्ति गरेको थियो ।

जर्मन नागरिक पाण्डेको नियुक्तिसँगै चौतर्फी आलोचना भएपछि एन्फाले सोमबार सूचना जारी गर्दै स्पष्टोक्ति दिएको हो ।

‘पाँडेको नियुक्तिलाई लिएर उठेका केही सवालहरूबाट यस संघको ध्यानाकर्षण भएको छ । सो निर्णय दाबी गरे अनुरूप विधान विपरीतको नभएको जानकारी गराउन चाहन्छौं । पाँडेले यस संघबाट कुनै तलब सुविधा नलिई स्वैच्छिकरुपमा सो पदमा रहने कुरा पनि जानकारी गराउन चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै विधानको धारा २४ को ३ र क मा स्पष्टसँग ‘गैर नेपाली नागरिक एन्फा, वा प्रदेश फुटबल संघ वा जिल्ला फुटबल संघमा निर्वाचित वा मनोनीत हुन सक्ने छैन भनेर व्याख्या गरिएको र फुटबलको विकासका लागि मुख्य प्रशिक्षक, प्रशिक्षक लगायत अन्य फुटबल प्राविधिक र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार र गतिविधिका लागि विदेशी नागरिकलाई प्रयोग गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेकाले कार्यसमितिको त्यो निर्णयले विधान नमिचेको पनि सूचनामा एन्फाले उल्लेख गरेको छ ।

एन्फाको अन्तर्राष्ट्रिय प्रमुख भएसँगैपाँडे भने हिजो (आइतबार) नै जर्मन प्रस्थान गरिसकेका छन् ।

 

प्रकाशित मिति: २०७९,असार,१३,सोमवार १६:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । वेस्ट इन्डिजविरुद्धको पहिलो टी-२० खेलमा न्युजिल्यान्डले १३ रनको जित निकालेको छ । १८६ रनको लक्ष्य पाएको घरेलु टोलीले

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सार्ने प्रस्ताव पेश भएको भएको छ । सो प्रस्तावसँगै

दुई पटक स्थगित भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज बिहीबार बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने बैठक

आफ्नो करियरको ३२४औं गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधी रियल मड्रिडलाई जिताएका छन् । बुधबार राति भएको खेलमा

ताजा समाचार

प्रभावकारी बन्दै नियमित बजार अनुगमन
 २०७९,श्रावण,२६,बिहीवार १२:०५
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
 २०७९,श्रावण,२६,बिहीवार ११:३२
वेस्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड विजयी
 २०७९,श्रावण,२६,बिहीवार ११:२९
९ वर्षपछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन
 २०७९,श्रावण,२६,बिहीवार ११:००