२६ श्रावण २०७९, बिहीवार

कृषि ज्ञान केन्द्रको ढाेका छेकेर राप्रपाको धर्ना : कृषकलाई मल र बीउ उपलब्ध गराउन माग

२०७९,असार,१३,सोमवार १६:२९

81
Shares

खोटाङ । कृषकलाई मल र बीउ उपलब्ध गराउन माग गर्दै राप्रपा खोटाङले कृषि ज्ञान केन्द्रमा धर्ना दिएको छ । अभावका कारण मर्कामा परेका किसानलाई तत्काल सर्वसुभल तरिकाले मल र बीउ उपलब्ध गराउन माग गर्दै राप्रपाले सोमबार दिउँसो १ बजेदेखि २ बजेसम्म ज्ञान केन्द्रमा धर्ना दिएको हो ।

देशव्यापी जनसंघर्ष, ज्ञापन–पत्र तथा धर्ना कार्यक्रम अन्तर्गत राप्रपाले कालो ब्यानर बोकेर झण्डै एक घण्टा भित्रबाहिर गर्नै नमिल्नेगरी कृषि ज्ञान केन्द्रको गेटमा बसेर धर्ना दिएका थिए । एकातिर कृषि सामग्रीको अभाव तथा अर्कोतिर चर्को मुल्य वृद्धि हुँदा किसानको खेतीपातीको काम नै अड्किएकाले विरोधमा उत्रनु परेको राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राईले बताए । महंगी र भ्रष्टाचारविरुद्धमा नारा लगाउदै कृषि ज्ञान केन्द्र पुगेका राप्रपाको नेता तथा कार्यकर्ताले नारा जुलुससहित नै त्रिबेणीचोक पुगेर कोणसभा गरेका छन् ।

राप्रपाले महंगी, कालोबजारी तथा भ्रष्टाचार नियन्त्रण गर्न, शिक्षा र स्वास्थ्य निःशुल्क गर्न, प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्नेदेखि संघीयता प्रादेशिक तह खारेजीसम्मको नारा लेखिएको व्यानरसहित जुलुस निकालेका थिए । राप्रपाले कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमित नेपाली भूमी फिर्ता गर्न, महिला, बालबालिका तथा दलित हिंसा र विभेद अन्त्या गर्न, स्थानीय तहमा लगाइएको दोहोरो कर खारेज गर्न, देवनागरी लिपीमा नम्बर प्लेट राख्ने व्यवस्था गर्न, इम्बोस्ड नम्बर प्लेट खारेज गर्न, पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र घोषणा गर्न सरकार समक्ष माग गरेका छन् ।

पार्टीका तर्फबाट सरकारसमक्ष पेश गरेका १९ बुँदे माग पूरा गर्नुपर्ने राप्रपा अध्यक्ष राईले बताए । त्रिबेणीचोकमा भएको कोणसभालाई अध्यक्ष राई र नगर कमिटि अध्यक्ष चन्द्रकुमारी राई ताराले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: २०७९,असार,१३,सोमवार १६:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक आज मध्याह्न

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न पाँच दलीय गठबन्धनले निर्माण

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणा पत्र मस्यौदा समिति चयन गरेको छ

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा यसको परिणाम सेवाग्रहीले भोग्नु परेको छ । स्थानीय तह

ताजा समाचार

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
 २०७९,श्रावण,२६,बिहीवार ११:३२
वेस्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड विजयी
 २०७९,श्रावण,२६,बिहीवार ११:२९
९ वर्षपछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन
 २०७९,श्रावण,२६,बिहीवार ११:००
चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु
 २०७९,श्रावण,२६,बिहीवार १०:५९
आजबाट सुपर डान्सर नेपाल
 २०७९,श्रावण,२६,बिहीवार १०:५४