न्यु डायमन्ड भलिबल प्रतियोगिता मंगलबारदेखि

लोकपथ
13
Shares

काठमाडौं । बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिता’ मंगलबारदेखि हुने भएको छ । कीर्तिपुरस्थित बहुउदेश्यीय कभर्ड हलमा हुने पाँच दिने प्रतियोगितामा आयोजक न्यु डायमन्डसहित सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब र परोपकार आदर्श माध्यमिक विद्यालय, काठमाडौं गरी चार टिमको सहभागिता रहनेछ ।

राउन्ड रोविन पद्दतिमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । बागमती प्रदेश खेलकुद विकास परिषद् र न्यु डायमन्ड स्पोर्टस् क्लबको संयुक्त आयोजनामा हुने प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख २५ हजार प्राप्त गर्ने आयोजकले बताएको छ । यस्तै, चौथो हुने टिमले ७५ हजार रुपैंया प्राप्त गर्नेछन् ।

यस्तै, व्यक्तिगत विधातर्फको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागततर्फको उत्कृष्टले १० हजार रुपैयाँ पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?