एनअार्इसी एसियाले ल्यायो ७ बर्षे ऋणपत्र, ११% ब्याज दिने

काठमाडाैं : लगानीकर्तालार्इ ११% ब्याज दिने गरि एनअार्इसी एसिया बैंकले ७ बर्षे ऋणपत्र जारी गरेको छ । पूँजीबजारमा दीर्घकालिन लगानी गर्न चाहने लगानीकर्तालार्इ निकै फार्इदा पुग्नेगरि एनअार्इसीले ऋणपत्र जारी गरेको हो । 

एनअार्इसीले १ हजार रूपैयाँ अंकित दरका १८ लाख ३० हजार कित्ता ऋणपत्र बेच्न लागेको हो । कुल कित्तामध्ये सर्वसाधारणका लागि ३ लाख ३६ हजार कित्ता छुट्यार्इएको छ । 

ऋणपत्र किन्न चाहने लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम एक लाख ८३ हजार कित्तासम्म अावेदन दिन सक्ने बैंकले जनाएको छ । 

ऋणपत्र बेच्ने अवधि भदाै २१ गतेदेखि २५ गतेसम्मका लागि तोकिएको छ । २५ गतेसम्म नबिके असोज १९ गतेसम्म ऋणपत्र बेच्न अवधि थपिने एनअार्इसीले जानकारी दिएको छ ।

एनअार्इसीले यसअघि पनि ९% ब्याज दिनेगरि ३ अर्ब रूपैयाँको ऋणपत्र जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?