रौतहट डुंगा दुर्घटनामा हराइरहेका चार जनाको शव फेला

रौतहट । गत शनिबार साँझ रौतहटको लालबकैया खोलामा डुंगा डुबेर हराएका पाँच जना मध्य चार जनाको शव फेला परेको छ। 

गृह मन्त्रालयको आपतकालीन उद्धार केन्द्रका अनुसार मंगलबार बिहानसम्म चार जनाको शव फेला परेको हो। 

केन्द्रका अनुसार हराइरहेका एक जनाको खोजी कार्य जारी छ।

सदरमुकाम गौरको टिकुलियाघाटतर्फ आउँदै गरेको डुङ्गा लालबकैया खोलामा पुल र्निर्माणका लागि बनाइएको पिल्लरमा ठोक्किएर दुर्घटना भएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?