राष्ट्रिय सभामा पनि एमाले सांसदद्वारा अर्थमन्त्री शर्मालाई बहिस्कार

लोकपथ
52
Shares

काठमाडौं । राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका सांसदहरुले अर्थमन्त्री जनार्दन शर्मालाई बहिस्कार गरेका छन् ।

आज बजेटमा उठेका प्रश्नहरुमाथि जवाफ दिने क्रममा मन्त्री श्रेष्ठलाई बोलाउने बित्तिकै एमालेका सांसदहरु हलबाट बाहिर निस्किएका थिए ।

यद्यपी अर्थमन्त्री शर्माले भने बजेटमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । सो क्रममा उनले अर्थमन्त्रीको लागि हुने गरि मात्र बजेट नल्याएको भन्दै आलोचना गर्ने ठाउँ नभएको टिप्पणी गरेका छन् ।

यसअघि बजेट निर्माणका क्रममा अर्थमन्त्रीले बाहिरि मान्छेहरुलाई प्रवेश गराएको भन्दै प्रतिनिधि सभामा निरन्तर अर्थमन्त्री शर्माको राजीनामा माग गरिएको थियो । त्यसो त अर्थमन्त्री शर्माको जवाफका क्रममा एमाले सांसदहरुले बैठक बहिस्कार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?