ब्रोकरलाई आफ्नै टीएमएस ल्याउने बाटो खुल्यो

लोकपथ
78
Shares

काठमाडौं । ब्रोकर कम्पनीलाई आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालनको बाटो खुलेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन कार्यविधि, २०७९ तयार गरेसँगै ब्रोकर कम्पनीहरुले आफ्नै टीएमएस सञ्चालनको बाटो खुलेको हो।

आफ्नै टीएमएस सञ्चालनका लागि ब्रोकर कम्पनीले अब नेप्सेको प्रणालीसँग जडान गर्न धितोपत्र कारोबार सञ्चालन (तेस्रो संशोधन) विनियमावली, २०७९ बमोजिम विवरण खुलाई निवेदन दिनुपर्नेछ।

नेप्सेसँग आबद्ध कारोबार व्यवस्थापन प्रणाली तीस दिनसम्म परीक्षणको रुपमा सञ्चालन गर्नु पर्नेछ । त्यसरी परीक्षणको रुपमा सञ्चालन गर्दा कारोबार व्यवस्थापन प्रणालीमा कुनै समस्या नदेखिएमा सो व्यहोरा सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएको सूचना प्रविधि प्रणाली सम्परीक्षण गर्ने सेवाप्रदायक संस्था वा विशेषज्ञ मार्फत सम्परीक्षण तथा प्रमाणित गराई सञ्चालनमा ल्याउनु पर्नेछ ।

नेप्सेले उपयुक्त देखेमा कारोबार सदस्यलाई एक महिनाभित्र प्रणाली खरिद वा विकास गर्न सैद्धान्तिक सहमतिका साथै प्रणाली जडानसम्बन्धी एपीआई डकुमेन्ट प्रदान गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?