वारेन बफेटले भारतमा लगानी गरे

एजेन्सी:  विश्वमै लगानी गुरूले चिनिने अर्बपति वारेन बफेटले भारतमा लगानी गरेका छन् ।

बफेटको भारतमा  यो पहिलो पटक गरिएको लगानी हो । यसअघि बफेटको लगानी कम्पनी बर्काशायर हाथवेले पेटीएमसँग कुराकानी गरिरहेको थियो  ।

हाथवेले २० अर्बदेखि २५ अर्ब भारुको लगानीबारे पेटीएमसँग कुराकानी गरिरहेको जनाइएको थियो ।

 पेटीएमको माउ कम्पनी वन९७ कम्युनिकेशन्स हो ।  मोबाइल भुक्तानी र अनलाइन वित्तीय सेवा उपलब्ध गराउने काम पेटीएमले गर्दै आएको छ । 

बर्कशायरले कम्पनीको ३देखि ४ प्रतिशत शेयर किन्ने कुराकानी गरिरहेको सम्बद्ध स्रोतले जनाएको थियो  ।

बफेटका सहयोगी डेबी बोसानेकले बफेटको लगानी भारतमा भएको बताएको समचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?