काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले संघीय निजामति ऐन छिटै संसदमा दर्ता गर्ने बताएका छन् ।
सोमबार राष्ट्रिय सभामा विनियोजित बजेटमाथि राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रतिनिधि सभाको बैठक नियमित सञ्चालन भइरहेको भन्दै चाँडै संसदमा संघीय निजामति ऐन दर्ता गर्ने बताए । उनले अघिल्लो सरकारले ल्याएको संघीय निजामति ऐन संसदबाट फिर्ता ल्याएकाले गठबन्धन दलहरुको महाधिवेशन तथा स्थानीय निर्वाचनको कारण रोकिएको बताए । मन्त्री श्रेष्ठले गठबन्धन दलहरुसँग समेत छलफल गरेर छिटै संसदमा ऐन दर्ता गराउने तयारी रहेको बताए ।
मन्त्री श्रेष्ठले भने, ‘संघीय निजामति ऐन मन्त्री बन्नुभन्दा अगाडि संसद अवरुद्ध भइरहेको अवस्था थियो । हतार भएकाले प्रतिनिधि सभाबाट फिर्ता लिने काम भएको थियो । जारी गर्ने प्रयत्न पनि भइरहेका थिए । तर राजनितिक रुपमा त्यस्ता विषय वस्तुहरु अगाडि बढाउँदा सबै दलहरुको महाधिवेशन भएको थियो । त्यसपछि स्थानीय तहको निर्वाचन मिति तय भयो । त्यसपछि फेरि ल्याउन समस्या भयो । अहिले संसद सुचारु भइरहेको पस्थितिमा छिटो भन्दा छिटो संसदमा दर्ता गर्ने प्रक्रियामा जानेछौं । त्यसपछि संघीय निजामति ऐनलाई ल्याउनेछौं । त्यस्तै संघीयतालाई बलियो बनाउँन संघीय मामिला प्रशिक्षण प्रतिष्ठान ऐन ड्राफ्ट भएर केही दिनमा संसदको दुई सदनमध्ये एउटा सदनमा प्रश्तुत गर्नेछौं ।
मन्त्री श्रेष्ठले संघीयतालाई बलियो बनाउनको लागि संघीय मामिला प्रशिक्षण प्रतिष्ठान ऐन ड्राफ्ट भइरहेकाले केही दिनमा संसदको दुई सदनमध्ये कुनै एकमा पस्तुत गर्ने तयारी भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया