सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा रुकुमको भुमे गाउँपालिकामा

लोकपथ
52
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।

यसै क्रममा बैंकले रुकुम जिल्लाको भुमे गाउँपालिका –०९ चुनवाङ रुकुम पुर्व यहि असार १०, गतेबाट ९६ ओैँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको हो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी भिम प्रसाद पुनलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

उक्त शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखेको बैंकले जनाएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?